मन्थलीमा अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी

२२ आश्विन २०८३, बिहीबार

रामेछाप  ।  रामेछापको मन्थली माध्यमिक विद्यालयले देशको विद्यमान आर्थिक अवस्थाबारे विद्यार्थीलाई जानकारी गराउँदै अर्थतन्त्र सुधारमा योगदान पुर्‍याउने उद्देश्यले अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी गरेको छ ।

विद्यालय परिसरमा आयोजित प्रदर्शनीको संघीय संसद् सदस्य तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उद्घाटन गर्नुभयो ।

विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष ओमबाबु पुरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहाल, पत्रकार हिमाल ढुंगेल, अर्थ समितिका सभापति डा. बुढाथोकीका प्रमुख स्वकीय सचिव दिनेश सुवेदीलगायतले अर्थशास्त्रसम्बन्धी प्रदर्शनीको महत्वबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बुढाथोकीले विद्यालय तहदेखि नै बालबालिकालाई अर्थतन्त्रका विषयमा व्यवहारिक ज्ञान दिन सके त्यसले देशको आर्थिक अवस्था बुझ्न र भविष्यमा अर्थतन्त्र सुधारका लागि योगदान गर्न सक्षम जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।

विद्यार्थीले पाठ्यपुस्तकमा पढेका अर्थशास्त्रका विषयलाई व्यवहारिक तथा सिर्जनात्मक रूपमा प्रस्तुत गर्दा उनीहरूमा आर्थिक गतिविधि, उत्पादन, उपभोग, बचत, लगानी तथा देशको समग्र अर्थतन्त्रप्रति गहिरो बुझाइ विकास हुने उहाँको भनाइ थियो ।

विद्यालयले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीहरूले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री तथा नमुना प्रस्तुत गरेका थिए । प्रदर्शनीले विद्यार्थीमा अर्थशास्त्रप्रतिको रुचि बढाउनुका साथै आर्थिक विषयलाई व्यवहारिक रूपमा बुझ्न सहयोग पुग्ने विद्यालयको अपेक्षा छ ।

Top of Form

Bottom of Form

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो । तीन ओटा...