सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

१ कार्तिक २०८१, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो । 

प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक शुरूवात गर्नुभयो । साथै उहाँले अपराध नियन्त्रणको विषय समेटिएको Public Service Announcement (PSA) सम्बन्धी जनचेतनामूलक भिडियोको डिस्प्लेमा क्लिक गरेर शुभारम्भ गर्नुका साथै “प्रहरी दर्पण २०८१” को लोकार्पण समेत  गर्नुभएको थियो ।  

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गर्नुभएको हो ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठले यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्राप्त गरेका छन्।

६९औँ प्रहरी दिवसको अवसरमा बुधबार प्रधानमन्त्री केपी ओलीले उनलाई सो पुरस्कार प्रदान गरेका हुन्। वस्तुनिष्ठ, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान दिएको आधारमा उनलाई पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले स्थापना गरेको ‘मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

वरिष्ठ सइ श्रेष्ठ सिआइबीको स्थापनादेखि नै त्यहाँ कार्यरत छ। दर्जनौँ ठुला अपराधको अनुसन्धानमा उनले खेलेको भूमिकाका आधारमा एआइजी रामदत्त जोशी नेतृत्वको छनोट समितिले उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रूपमा सिफारिस गरेको थियो।

समारोहमा प्रथम महिला श्रीमती राधिका शाक्य, लोकसेवा आयोगका अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष,  प्रतिनिधि सभाका पूर्व सदस्य एवम् अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, नेपाल सरकारका मुख्य सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, लोक सेवा आयोगका माननीय सदस्य, गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरू, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, गृहसचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, आमन्त्रित एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, अमर तथा अशक्त प्रहरी संघ, नेपाल पूर्व प्रहरी संगठन तथा पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष तथा पदाधिकारीहरू, सञ्चारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

६९औं प्रहरी दिवस २०८१ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरूका साथ मनाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

नवराज विकरामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । गाउँपालिकाले सवारी साधन मर्मत तथा इन्धनमा मनलाग्दी ढंगले खर्च गरेको पाइएको छ ।पालिकाले आर्थि वर्ष २०७९।८० मा सवारी साधन मर्मत संभार शीर्षकमा ३० लाख १२ हजार रुपैयाँ बजेट...

विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानलाई ६९ प्रहरी दिवसका अवसरमा रामेछापमा सम्मान

विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानलाई ६९ प्रहरी दिवसका अवसरमा रामेछापमा सम्मान

 रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवसका अवसरमा विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानहरूलाई सम्मान गरेको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरू प्रहरी निरीक्षक विश्व नाथ यादव सहित आधा दर्जन ...

राज्यमन्त्री तामाङ खुर्कोटमा बेलीबृज निर्माणमा आफै खटिए

राज्यमन्त्री तामाङ खुर्कोटमा बेलीबृज निर्माणमा आफै खटिए

रामेछाप । ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा बेलिबृज निर्माणमा आफै लागी परेका छन् । असोज १० गते देखी १२ गते सम्म परेको अविरल वर्षाले रामेछाप र सिन्धुली जिल्लाको सिमानामा रहेको खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।...