रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको झट्टेश्वर मा वि का पुर्व बिद्यार्थीहरुले अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । सो बिद्यालयमा अध्यनरत पुर्व बिद्यार्थीहरुले हाल अध्यनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको पुर्व बिद्यार्थी एवं नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका पार्टी सभापती भोजराज खड्का ( सुन्दर)ले जानकारी दिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा न्यानो कपडा बितरण गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिति केशब महतले जाडोको समयमा पुर्व बिद्यार्थीहरुले आफुले कमाएको रकम बाट अध्यनरत बिद्यार्थीलाई न्यानो कपडा बितरण जस्तो कार्य गरेर समाजमा महत्व पुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । पालिका अध्यक्ष महतले भने“ जसरी यस झट्टेश्वरी माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरु मिलेर अध्यनरत बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । यो जस्तो समाज प्रतिको उतरदाहित्व अरु हुन्न् । धेरै युवा बिद्यालय छाडेपछी गाउँ छाडेपछी बिर्सने बानी छ तर यस समाजका युवाले आफु अध्यन गरेको बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई सहयोग गर्नु महत्व पुर्न कार्य भएको बताए ।
पुर्व बिद्यार्थी एवं नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका सभापती भोजराज खड्का ( सुन्दर) नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ का इकाई सभापती टेक बहादुर तामाङ, पुर्व एस्पी अर्जुन खड्का, हाल अष्ट्रिलिया निवासी उमेश खड्का, हाल अमेरिका निवासी पराग खड्का, बिमल खड्का, प्र.अ रुकमनी बस्नेतको सहयोगमा बिद्यार्थीहरुलाई स्वेटर, जर्सी, टाई, बेल्ट बितरण गरेको काँग्रेस सभापती खड्काले जानकारी दिए । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष रोम बहादुर तामाङको समेत उपस्थिती रहेको थियो ।