नेकपा नाम विबादको फैसला सर्वोच्चले आज गर्ने

Written by meropradesh creator

२३ फाल्गुन २०७७, आईतवार

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुुद्धाको फैसला आज सर्वोच्च अदालतले गर्ने भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस सकाएर निसुुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएको भन्दै बदर हुनुपर्ने माग राखी ऋषी कट्टेलले सर्वोच्चमा मुुद्धा दायर गरेका थिए ।
कट्टेलको मुद्धामा नेकपा भित्रको विवाद चरम भइरहेको अवस्थामा सर्वोच्च अदालतवाट फैसला आउन लागेको हो । आजैवाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि शुरु हुँदै छ । सर्वोच्चले अब नेकपाको नाम कसको हुने भन्ने फैसला गर्ने भएको हो । यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरि फैसला सुनाएमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम भने बदर हुनेछ ।
सर्वोच्चले नेकपा नाम सत्तारुढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको थियो । एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग समेत गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

इलाम–२  केहिबेरमा मतगणना हुँदै – सर्वदलीय बैठक सुरु

इलाम–२  केहिबेरमा मतगणना हुँदै – सर्वदलीय बैठक सुरु

काठमाण्डौं । इलाम २ मा प्रतिनिधि सभा उपचुनावअन्तर्गत भएको निर्वाचनको केहिबेरमा मतगणना हुने भएको छ । मतगणनाका लागि सर्वदलीय बैठक भर्खरै सुरु भएको छ बैठक सके लगतै मतगणना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । छलफलका लागी अहिले राजनीतिक...

दलित पत्रकार सङ्घबाट पत्रकार रामचन्द्र विक सम्मानित

दलित पत्रकार सङ्घबाट पत्रकार रामचन्द्र विक सम्मानित

रामेछाप । पत्रकार रामचन्द्र बिकलाई राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापले सम्मान गरेको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापको दोस्रो अधिवेशनले बिकलाई सम्मान गरेको हो । राष्ट्रिय दलित पत्रकार सङ्घलाई संस्थागत किसमा योगदान पुराउनका साथै दलित पत्रकारको संरक्षणमा विशेष...

ज्येष्ठ नागरिकको अध्यक्षमा पुनः श्रेष्ठ

ज्येष्ठ नागरिकको अध्यक्षमा पुनः श्रेष्ठ

रामेछाप । जिल्ला ज्येष्ठ नागरिक सङ्घ रामेछापको अध्यक्षमा पुनः नारायण दाश श्रेष्ठ निर्वाचित भएका छन् । मन्थलीमा शनिवार सम्पन्न छैटौँ साधारण सभा एवं दोस्रो जिल्ला अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य...