रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना कार्की (खड्का)ले अनुदान रकम दुरुपयोग भएको बताएका छन् । कृषि ज्ञान केन्द्र रामेछाप र भेटनरी अस्पताल पशु सेवा केन्द्रको सिन्धुलीले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अनुदान रकमको दुरुपयोग भएको बताउनु भयो । अनुदान रकम लिने तर अनुदान रकम सही कार्यान्वयन नभएको भन्दै अबका दिनमा अनुदान दिएपछि त्यसको निगरानी गर्नुपर्ने बताउनु भयो ।
प्रमुख कार्कीले कार्यक्रममा भने –बाख्रा तथा गाई पालनमा अनुदान रकम लिएको हुन्छ तर कृषक गोठ खाली हुन्छ । तरकारी तथा फलफूल उत्पादनका नाममा अनुदान वितरण हुन्छ कृषकको खेत बारी बाँझो हुन्छ । यसको निगरानी कसले गर्छ । यसको निगरानी हुनु पर्छ । असली कृषकले अनुदान पाउनु पर्छ । सम्बन्धित निकायले कृषक सही हो या हैन । स्थानीय तह र जनप्रतिनिधि सँग समन्वय गर्नु पर्छ । त्यसो भएको देखिँदैन । अब यस विषयमा सरोकार निकायले ध्यान दिनु पर्छ । समन्वय प्रमुखले भने ।
साथै लम्की रोग बाट १०९ वटा गाई मरेको भएपनी कृषकले कुनै सरकारको तर्फ बाट सहयोग नहुँदा गाई पालक कृषक समस्यामा परेको बताए । भेटनरी अस्पताल पशु सेवा केन्द्र सिन्धुलीमा रहेको हुँदा रामेछापलाई स्वास्थ्य गरेको गुनासोहरू आएको भन्दै गुनासो समेटेर आगामी दिनमा कार्यक्रम बनाउन पनि अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्ने क्रममा जिल्ला समन्वय उपप्रमुख प्रेम सागर थापा, सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइराला,लगायतले आगामी कार्यक्रमको सही कार्यान्वयनको लागी आग्रह गर्दै कार्यक्रममा आएका गुनासोको सुनुवाइ गर्न आग्रह गरेका छन् । कृषि ज्ञान केन्द्र रामेछाप र भेटनरी अस्पताल पशु सेवा केन्द्र सिन्धुलीले सरोकारवाला निकायहरूको उपस्थितिमा वार्षिक कार्यक्रम सार्वजनिक गोष्ठी शुक्रवार मन्थलीमा सम्पन्न गरेको हो ।