सामाजिक सञ्जाल निर्देशिका : गलत क्रियाकलाप रोक

Written by meropradesh creator

५ मंसिर २०८०, मंगलवार

काठमाण्डौं । सामाजिक सञ्जाल निर्देशिका गलत क्रियाकलाप रोक लगाउने गरी ल्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को विषयमा बिभिन्न टिप्पणी उठ्न थालेका छन्  .
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मार्फत बेनामी वा छद्मभेषी पहिचानसहित फेक आईडी, पेज, ग्रुप सिर्जना गर्न रोक लगाएको छ । साथै निर्देशिकाले कसैको तस्वीर एनिमेसन, मोन्टाज मार्फत विकृत रूपले हेरफेर गरेर सामाजिक सञ्जालमा हाल्न तथा कुनै किसिमले होच्याउने गरी ट्रोल गर्न पनि निषेध गरेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्ताको स्व–नियमनलाई प्रवर्द्धन गर्न भनेर सरकारले ल्याएको निर्देशिकाले फेक आईडी, पेज, ग्रुप मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) गर्ने वा कल गर्न समेत नपाइने व्यवस्था गरेको छ ।

विचार वा सूचनाको आदान–प्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत दिने खालका इन्टरनेट वा सूचनाप्रविधिमा आधारित फेसबुक, टिकटक, ट्वीटर, भाइबर, पिन्टरेस्ट, ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, लिंक्डइन, विच्याट सहित यसमा समूह, ब्लग, एप लगायतका सार्वजनिक रूपमा उपलब्ध हुने गरी सञ्चालनमा ल्याइएका प्रणाली मार्फत हुने गलत क्रियाकलाप रोक लगाउने गरी निर्देशिका ल्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

तर, यस मामिलाका विज्ञहरू चाहिं सरकारले आफ्नो आलोचना छल्न र सामाजिक सञ्जाल मार्फत सिर्जना भएका कतिपय आन्दोलनलाई निस्तेज पार्न पर्याप्त व्याख्या विना नै यो निर्देशिका ल्याएको बताउँछन् । साइबर कानुनका जानकार अधिवक्ता सन्तोष सिग्देल सरकारले फेक आईडी, पेज र ग्रुपलाई रोक लगाउने गरी निर्देशिका ल्याए पनि यस सम्बन्धमा धेरै विषय स्पष्ट नभएको बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको छ । नगरपालिकाका कर्मचारीहरूले आयोजना गरेको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर ४८ वर्षीय स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । रामेछाप...

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

काठमाडौँ । यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल...

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...