शैलुङ्गको जनैपूर्णिमा मेला सुरु

रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र शैलुङ्गमा जनैपुर्णिमा मेला शुरुभएको छ । प्रकृतिको बरदानको रुपमा रहेको शैलुङ्गमा कोभिडकै बीचमा जनैपूर्णिमाको मेला सुरु भएको छ । जनैपूर्णिमा शैलुङ्गमा गुफा बस्ने धामी झाँक्री तथा पितृको नाममा बत्ती बाल्ने मानिसको भिड लाग्ने गर्दछ । यस बाहेक मेलामा घुम्न जानेको पनि त्यतिकै भिड देखिएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण अघिल्लो बर्ष जस्तो यस बर्ष मेलामा मानीसहरुको कम उपस्थिती रहेको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमानसिङ्ग तामाङ्गले जानकारी दिए । शैलुङ्गमा आफुलाई थाहा भए देखी मेला लाग्ने र हजारौंको संख्यामा पर्यटक भित्रने भएपनी यस बर्ष भने खासै पर्यटक नआएको अध्यक्ष तामाङ्गले बताए । पितृको नाममा बत्ती बाल्न विहिबार र शुक्रवार केहि भक्तजन भेला भएको थियो उहाँहरु फर्की सक्नुभएको छ , अध्यक्ष तामाङ्गले भने । अब गुफा बस्ने धामी झाँक्री छन । प्राकृतिक रुपमा बनेको सय थुम्काको अवलोकन गर्न र शैलुङ्गमा लाग्ने जनैपूर्णिमाको मेला भर्न बुधबारदेखि नै मानिसहरु भेला भएका छन् । निषेधाज्ञाकै बीचमा लागेको मेलामा रामेछाप सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रे तथा काठमाडौं उपत्यकाका मानिस समेत पुगेका छन् ।
जनैपूर्णिमाको मेलामा हजारौँको संख्यामा भक्तजन भेला हुने शैलुङ्गमा गतवर्ष कोभिडको कारण खासै मानिस देखिएका थिएनन् । तर यस वर्ष भने मानिसहरु जम्मा हुने क्रम बढेको छ ।

Facebook Comments Box