रामेछाप बाट उपचार गर्न राजधानी धाउन पर्दैन ः नगर प्रमुख बस्नेत

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले रामेछापका कोही पनी नागरीक अब उपचारको लागी काठमाण्डौं धाउन नपर्ने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछापमार्फत मन्थलीमा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख बस्नेतले सो कुरा बताएका हुन । रामेछापमा सुविधा सम्पन्न अस्पताल नहुदा काठमाण्डौ धाएर जान पर्ने दिन समेत अब छिटै अन्त्य हुने समेत बताए । जिल्लामा अस्पताल नहुदा धेरै मानिसले बिच बाटैमा ज्यान गुमाउन परेको भन्दै अब त्यस्तो नहुने समेत बताए । मन्थली नगरपालिका–१ आकाशेमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि १५ शैयाको अस्पताल बनाउन लागिएको हो ।
१५ शैयाको अस्पताल ९ करोड ३२ लाख ५० हजारको लागतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछापमार्फत बन्न लागेको हो । २०७९ मंसिर ३० गते निर्माणका सम्पन्न गर्ने गरी गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँले उक्त अस्पताल निर्माणको जिम्मेवारी पाएको छ