रामेछापमा लकडाउनको मागगर्दै मानव अधिकार द्वारा प्रेस बिज्ञप्ती

रामेछाप । बिश्वमा फैलिएको कोरोना भाइरस जिल्ला भित्र पनी दिन प्रतिदिन बढदै गएको भन्दै मानव अधिकार संरक्षण सञ्जाल रामेछापले लकडाउनको माग गर्दैै प्रेस बिज्ञप्ती जारी गरेको छ । जिल्लामा दोस्रो लहर अन्तर्गत एक साताको अवधिमा मात्र ४१ जनामा संक्रमण फैलिएको भन्दै तत्काल जिल्लामा लकडाउन गर्न आग्रह गरेको हो ।
काठमाडौं उपत्यका सहित देशका २२ भन्दा बढी जिल्लामा लकडाउन घोषणा गरिए पनि रामेछापमा भने लकडाउनको घोषणा गरिएको छैन । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि रामेछाप जिल्लामा पनि तत्काल लकडाउन घोषणा गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछाप माग गरेको छ ।
सञ्जालका संयोजक पाण्डव प्रसाईले प्रेस विज्ञप्ती जारी गर्दै केही दिनदेखि जिल्लामा कोरोनाको सङ्क्रमण अप्रत्याशित रुपमा बढ्दै गएकाले सरोकारवाला निकायसँग मन्थली लगायतका बजार केन्द्रमा १० देखि १४ दिनसम्म निषेधाज्ञा जारी गरी कोरोना सङ्क्रमणको चेनलाई ब्रेक गर्न माग गरेको हो । काठमाडौ लगायतका संक्रमित क्षेत्रबाट अहिले पनि बस तथा अन्य सवारी साधनबाट ठूलो संख्यामा मानिस जिल्ला भित्रिरहेको भन्दै त्यसलाई तत्काल रोक्न पनी माग गरेको छ । त्यस्तै गरी बजार क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना नभएको भन्दै बिरोध समेत गरेको छ । संक्रमित फेला परेका स्वास्थ्य संस्था र त्यसको आसपासको क्षेत्रमा समेत स्वास्थ्य सुरक्षामा कुनै ख्याल नगरिएको भन्दै भोलिको दिनमा झन संक्रमितको संख्या बढने सम्भबना रहेको भन्दै १८ बुँदे प्रेस बिज्ञप्ती जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा लकडाउन गर्ने नगर्ने भन्ने बिषयमा अहिले ३ बजे बाट छलफल चलाएको छ ।

Facebook Comments Box