रामेछापका विभिन्न स्थानमा पहिरो खस्दा सडक अबरुद्ध

Written by meropradesh creator

१३ भाद्र २०७८, आईतवार

रामेछाप । रामेछापमा तिन दिन देखी परेको अबिरल वर्षाको कारण पहिरो जादा जिल्लाका सडकहरु अबरुद्ध भएका छन् । मन्थली खिम्तीखोला सडक अन्र्तगत तिल्पुङ खोला नजिकैको ढिस्को खस्दा सडक अबरुद्ध भएको छ । रातको समयमा खसेको पहिरोको कारण यात्रुहरु अलपत्र परेका छन् । बिहान ७ः३० सम्म पहिरो हटाउने काम नभएको स्थानियले बताएका छन् ।
त्यस्तै गरी पहिरोको कारण मन्थल–सेलेघाट सडक अन्र्तगत कुनौरीको बिभिन्न स्थानमा लगातार तिन देखी गएको पहिरोको कारण सडक अबरुद्ध हुदै आएको छ । सडक अबरुद्ध हुदा यात्रुहरु राती देखी समकमा रहेका छन् । पहिरो हटाउने काम अहिले सम्म भएको छैन । रामेछाप मन्थली सडक खण्ड पनी पहिरोको कारण शनिबार देखी बन्द रहेको छ । रामेछाप नगरपालिका वडा नम्बर ८ भगेरी स्कुलमुनिको सडक पहिरोले बगेको छ । उक्त सडक तत्काल सञ्चालनमा ल्याउन कठिन हुने नगरपालिकाले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...