मुख्यमन्त्री शाक्यलाई पद जोगाउनु कठिन

Written by meropradesh creator

५ भाद्र २०७८, शनिबार

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पद जोगाउनु सास्ती परेको छ । माधवकुमार नेपाल समूहकी अष्टलक्ष्मी शाक्य अचानक ‘यु टर्न’ हुँदै ओली समूहकै सहयोगमा वाग्मती प्रदेशका मुख्यमन्त्री बनेका हुन ।
वाग्मती प्रदेशमा नेकपा एमालेका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, मजदुर किसान पार्टीका २ जना, राप्रपाका २ र १ जना स्वतन्त्र गरी १०९ सांसद् रहेका छन् । नेकपा एमाले विभाजन अघि वाग्मती प्रदेशमा केपी ओली पक्षका ३४ र माधव नेपाल पक्षका २२ जना सांसद् रहेका थिए । यदि नेपाल समुहमा शाक्य नभएको खण्डमा गठबन्धनले अविस्विासको प्रस्ताब राखेको खण्डमा शाक्यले बहुमत पुर्याउन सक्ने आधार रहदैन । उता शाक्यले टिम परिवर्तन नगरे उनको पद अबको १५ दिनसम्म मात्र रहने ओली पक्षको भनाइ छ । पार्टी दर्ता भएको १५ दिनमा टुंगो लाग्ने बित्तिकै नेकपा एमालेमा दुई धार हुने हुँदा उनलाई मुख्यमन्त्रीको पद जोगाउन कठिन देखिएको हो ।
डोरमणि पौडेल नेतृत्वको सरकारमाथि निरन्तर धावा बोल्दै आएकी माधवकुमार नेपाल समूहकी शाक्य अचानक ‘यु टर्न’ हुँदै ओली समूहकै सहयोगमा वाग्मती प्रदेशी मुख्यमन्त्री बनेका हुन । माधव पक्ष पार्टी विभाजनपछि दर्ता प्रक्रियामा रहेका बेला शाक्य एकाएक ओली टिमबाट मुख्यमन्त्री बन्दा राजनीतिक विश्लेषक समेत चकित परेका छन् । उनले पार्टी एकताका लागि मुख्यमन्त्री बनेको भन्दै देश र जनताका आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले काम गर्ने दाबीसमेत गरेका छन् ।
तर, एमाले विभाजन भइसकेको छ । नेपाल समूहको दलले आधिकारिकता पाएपछि कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनले ढिलो–चाँडो उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सक्ने छ ।
हालको अंक गणितअनुसार नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलमा २ जना प्रदेशसभा सदस्यले साथ छाडे शाक्य अल्पमतमा पर्नेछिन । १५ दिनपछि एमाले समाजवादीमा आउने आशा बोकेका माधव पक्षीय नेताहरु शाक्यलाई गठबन्धनबाट बहुमत पु¥याएर नेकपा एमालेलाई प्रमुख प्रतिपक्ष दल बनाउने दाउमा छन्। त्यसकारण शाक्यको मुख्यमन्त्रीमा भविष्य १५ दिनपछि कस्तो हुने भन्ने टुंगो लाग्ने बताइन्छ ।
नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालीकराम जम्कट्टेलले दल विभाजनपछि निर्णय लिने बताउँदै हाल एकल बहुमतको सरकार भएका कारण अविश्वास प्रस्ताव दर्ता नहुने बताएका छन । नेपाली कांग्रेस वाग्मती प्रदेशमा प्रवक्ता प्रभात तामाङले भने पौडेलको सरकार ढल्ने भएपछि शाक्यलाई मोहरा बनाएर मुख्यमन्त्री बनाइएको आरोप लगाएका छन । उनले पार्टी विभाजन भइसकेपछि माधव पक्षतिर आएमात्र नेपाली कांग्रेसले विश्वासको मत दिने र ओली गुटमै बसेको अवस्थामा भने विश्वासको मत दिन नसकिने भन्दै केही दिनमै शाक्य सरकार ढल्ने दाबी गरे । उनले शाक्यले निर्णय लिन नसके अर्को सरकार चयनको प्रक्रिया सुरु हुने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...