रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला स्तरीय कोभिङ्ग–१९संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा नं. १ को मन्थली बजार, २ को करम्पोट,३ को ठूली मदौ ६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासी पोखरीका क्षेत्रहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । साथै गोकुलगंगा गाउँपालिकाको १,४ र ५, नम्बर वडालाई जोखिम युक्त क्षेत्र तोकी सो छेत्रमा बैशाख २० गते सोमबार राती १२ः०० बजेदेखि २७ गते राती १२ः०० बजेसम्मका लागी निषेधाज्ञा गरिएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...