तामाकोशी नदिकिनारमा खतराको संकेत

रामेछाप । पहिरोको कारण तामाकोशी नदि थुनिएको र एकै पटक थुनिएको पोखरी फुटेको खण्डमा तामाकोशीमा वाढी आउन सक्ने भन्दै नदि किनार आसपास नबस्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । चिनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा हिजो भएको भिषण वर्षापछी चिन सिमा क्षेत्रमा भिषण पहिरो गएर तामाकोशी नदि थुनिएको कारण रामेछापको सदरमुका आसपास र नदिको तटिय क्षेत्रमा खतरा हुन सक्ने भन्दै नदि आस पास नबस्न जिल्ला प्रहरी कार्यालय रामेछापले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले चिनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा हिजो आएको भिषण वर्षापछी चिन सिमा क्षेत्रमा भिषण पहिरो गएर तामाकोशी नदि थुनिएको सुचना प्रप्त भएकोले कुनैपनी समयमा तामाकोशी नदिमा बाढी आउन सक्ने भएकोले तामाकोशी नदिको तटिय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भवाना रहेको हुदा नदि क्षेत्र आसपास बसोवास नबस्न आग्रह गरेको छ । साथै तामाकोशी नदिको तटिय क्षेत्रमा बसोबास गर्ने सम्पुर्णलाई खतराको संकेत प्रप्त हुनासाथ सुरक्षित स्थानतर्फ आग्रह गरेको छ ।

Facebook Comments Box