काठमाडौँ । संसद् विघटनविरुद्ध नेपाली काँग्रेसले कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको छ । शनिवार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको । संसद् विघटनविरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ । सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद् नै भङ्ग गर्नु असंवैधानिक रहेको काँग्रेसको ठहर छ । तत्काललाई मध्यावधि चुनाव भन्दा पनि संसद् भंगविरुद्धको लडाइँको रणनीति महत्त्वपूर्ण रहेको जनाउँदै कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय भएको छ । साथै थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने पनि काँग्रेसका एक नेताले बताएका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...