काठमाडौं ः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको आज दुई छुट्टा छुट्टै स्थानमा प्रर्दशन हुदै छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बल्खुमा आज प्रर्दशन गर्दैछन् ।
दुवै पक्षले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारी गरेका छन् । यसअघि दुवैको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो । झपडको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघर देखि नयाँ बानेश्वर सम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिदिएको हा ।









