काठमाडौं । युएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । नेपालले बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसअघि नेपालले बुधबार पहिलो खलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।
दुबईको दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै कुबेद अल आउट भयो ।
कुवेतलाई अल आउट गर्न नेपालका लागि रचना कुमारी चौधरी र सीमा केसीले २–२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले १–१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।