रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम झिलिमिली पारिएको छ । मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार क्षेत्रमा झिलिमिली पारिएको छ । बजार क्षेत्र सजी सजाऊ गर्नका साथै ठाउँ ठाउँमा ब्यानर समेत राखिएको छ ।
“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार‘ कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार ” भन्ने मूल नाराको साथ रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापको आयोजनामा ११ दिन सम्म सञ्चालन हुने महोत्सवमा ५० लाख दर्शक भित्र्याउने लक्ष्य रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापाले बताए । अध्यक्ष थापाले भने“ हामीले महोत्सवमा जिल्ला भित्रका र बाहिरका ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएका छौँ । जसले सुस्ताएको बजार चलायमान हुने अपेक्षा लिएका छौ । सबै क्षेत्र बाट प्रचार प्रसार गर्न जरुरी पर्छ अध्यक्ष थापाले भने ।