रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सोमबार देखी ‘तेस्रो रामेछाप कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । दीपशिखा व्यवाइज युनाइटेड् कल्वको आयोजनामा भएको खेलमा ९ टिम प्रतिस्पर्धामा रहेको छ ।
मन्थली नगरपालिका वडा नम्बर २ करम्बोट खेल मैदानमा भएको ‘तेस्रो रामेछाप कप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले खेल क्षेत्रको विकासका लागी बागमती प्रदेशले विभिन्न कार्यक्रमहरू ल्याएको बताएका छन् । खेल क्षेत्रले एकताको सन्देश दिने भन्दै खेल क्षेत्रको र खेलाडीको क्षमता विकासका लागी बागमती प्रदेश सरकार नीति बनाएर अघि बढ्ने बताउनु भएको छ ।
सोमवार दीपशिखा व्वाइज र कुनौरीको न्यु स्टार युवा बिच भएको खेलमा दीपशिखा ब्वाइजले न्यु स्टार कुनाउरीलाई ट्राई बेकर मार्फत ५–४ को अन्तरले पराजित गरेको थियो ।
आयोजक दिपशिखासहित सानीमदौ सोशियल सिटी, आकाशे ब्वाइज क्लब, नेपाली सेनाको खड्ग दल गण, नेपाल पुलिस, मन्थली ब्वाइज, मन्थली सांस्कृतिक समाज, न्यु स्टार युवा क्लब र तामाकोसी रिभर साइट गरी ९ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख ट्रफि, मेडले र प्रमाण पत्र पाउने छन् । उपविजेताले २ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छ । प्रत्येक वर्ष फुटबल खेल प्रति युवाहरूलाई प्रोत्साहन गर्न र खेलाडी उत्पादन गर्ने उद्देश्यले मन्थली–२ स्थित दीपशिखा ब्वाइजले फुटबल खेल आयोजना गर्दै आएको छ ।
सोमबारदेखि सुरु भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता आउँदो ८ गते सम्म संचलान हुने छ । प्रत्येक खेलमा म्यान अफ्दि म्याच हुने आयोजक निर्णय अनुसार सोमबार दीपशिखा ब्वाइजको तर्फबाट जित हासिल गर्ने जर्सी नम्बर ६ का खेलाडी म्यानअफ्दि म्याच घोषित गरिएको छ ।