सरकारी कागजात किर्ते गरेको अभियोगमा वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि थुनामा

२२ कार्तिक २०८१, बिहीबार

मकवानपुर । सरकारी कागजात किर्तेको गरेको अभियोगमा मकवानपुर जिल्ला बकैया गाउँपालिका ४ का वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पारेको अभियोगमा दंगाललाई आरोप लागेको छ ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी कागजात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा राखी अनुसन्धान अघि बढाउन बुधबार आदेश गरेको जिल्ला अदालत मकवानपुरका अधिकृत दिलिप राईले जानकारी दिए । दंगाललाई बुधबार भीमफेदी कारागार पठाइएको छ ।
४ महिना अघि मकवानपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएता पनि उनी फरार थिए । राजनीतिक शक्तिको आडमा उनलाई प्रहरीले पक्राउ गरेको थिएन । उनलाई बुधबार मात्रै अदालत उपस्थित गराइएको हो ।
वडाध्यक्ष दंगालले १८ मंसिर २०८० मा बकैया–४ निवासी ४६ वर्षका पूर्णबहादुर ब्लोनलाई दिवंगत उमादेवी गुरुङको नक्कली छोरा बनाएर मृत्युदर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएका थिए । मृतक उमादेवीको सम्पत्ति हत्याउन वडा अध्यक्ष दंगालले वडा कार्यालयबाट पटक–पटक सिफारिसका कागजात समेत तयार पारिदिएका थिए ।
सोही घटनामा संलग्न पूर्णबहादुर ब्लोन र बकैया–४ कै रामबहादुर न्यासुरलाई जिल्ला अदालतले यस अघि नै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । सम्बन्धित मालपोत कार्यालयबाट मृतक उमादेवीको नाममा रहेको सम्पत्ति नामसारीको प्रक्रिया अघि बढाउँदै गर्दा घटना बाहिरिएको थियो ।


यो समाचार तु खबर डटकम बाट साभार गरिएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री फेर्ने दाउमा रहेको छ । नेपाली काँग्रेस भने एक वर्ष अहिलेको मन्त्रीहरुलाई काम गर्न दिन पर्ने सोचमा रहेको छ । गएको असार १७ गते मध्यरातिको सहमतिपछि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले असार ३१ मा एकसाथ सत्ताको भ¥याङ...

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो साँझ बालुवाटारमा लामो छलफल भयो । दुई दलको शीर्ष नेताहरुको बैठकमा सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको दाबी गरे पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेन्डामा बैठक केन्द्रित थियो...

कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेस नेतृ टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती...