रामेछाप । ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा बेलिबृज निर्माणमा आफै लागी परेका छन् । असोज १० गते देखी १२ गते सम्म परेको अविरल वर्षाले रामेछाप र सिन्धुली जिल्लाको सिमानामा रहेको खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो । उक्त पक्की पुल सुनकोसी नदीले बगाए सँगै राज्यमन्त्री तामाङ पुलको पूर्ण निर्माणमा प्रत्यक्ष आफै लागी परेका छन् । राज्य मन्त्री तामाङ बेलिबृज छिटो सम्पन्न नेपाली सेनालाई आफै निर्माण स्थलमा खटिएका छन् । नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका तामाङ आफै निर्माण स्थलमा खटिए सँगै नेपाली काँग्रेसका कार्यकर्ता समेत निर्माण स्थलमा नेपाली सेनालाई सहयोग गर्न लागी परेका छन् ।
देश भर बगाएका २४ वटा पक्की पुलहरू मध्य राज्य मन्त्री तामाङको प्रयासमा सिन्धुली रामेछाप जोड्ने पक्की पुलको काम लगभग अन्तिम चरणमा पुगेको छ । बेलिबृज निर्माणका केही समान अपुग भए सँगै राज्यमन्त्री तामाङ हेटौडा पुनः आफै पुगी थप सामग्री ल्याएर नेपाली सेनालाई सहयोग गर्दै आएका छन् । राज्य मन्त्री तामाङले खुर्कोटको पुल सके सम्म एक हप्ता भित्र सम्पन्न गर्ने गरी नेपाली सेना लागी परेको बताए । एक हप्ता भित्र बेलिबृज निर्माणको लागी सबैले हातेमालो गरे सहज हुने भन्दै आफै निर्माण स्थलमा लागी परेको बताएका छन् ।