काठमाडौं । ताप्लेजुङको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम सुरु गर्न खोज्दा स्थानियले बिरोध जनाएको छ । स्थानियले केवलकार निर्माणको विरोध गरेपछी प्रहरी संग झडप भएको छ ।
फुङलिङ नगरपालिकास्थित तल्लो फेदीमा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा परेर प्रदर्शनकारीहरु सामान्य घाइते भएको र अहिले स्थिति नियन्त्रणमा आएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताएका छन् ।
नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङका मेयर अमिर मादेन केवलकार निर्माण गर्नुपर्ने पक्षमा रहेका छन् । केवलकार निर्माण गर्नु हुँदैन भन्ने समूहले काम सुरु गर्न लागेपछि विरोध सुरु गरे । त्यसपछि दुई पक्षको बिचमा झडपको अवस्था आएको डीआईजी खापुङले जाकारी दिए । विरोधी समूहले कार्यक्रमस्थलमा ढुंगामुढा गरेका थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...