नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मोरङ कानेपोखरीका ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। मृगौलाको पत्थरी निकाल्न वैशाख १७ गते भर्ना भएका भण्डारीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको थियो।
शल्यक्रिया सफल भएको भनिए पनि अब्जरभेसनमा रहेकै बेला स्वास्थ्य अवस्था बिग्रिएर शुक्रबार राति उनको निधन भयो। चिकित्सकको लापरबाहीले घटना भएको भन्दै मृतकका आफन्तले शनिबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् भने अस्पताल प्रशासनले उपचारमा कुनै त्रुटी नभएको दाबी गरेको छ।









