मुर्रा राँगा ः कृषि आय कर नबुझाएपछी भन्सारमै रोकियो

Written by meropradesh creator

७ मंसिर २०८०, बिहीबार

नेपालगञ्ज । कृषि आय कर नबुझाएपछी भारतले दिएका मुर्रा राँगा नेपालगञ्ज भन्सारमा रोकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतले नेपालका लागी उपहारमा दिएका १५ वटा मुर्रा जातका राँगा भन्सारमा रोकिएका हुन् । भन्सार छुटाउन बुझाउनु पर्ने राजस्वका कारण राँगा भन्सारमा रोकिएका हुन् । पशु सेवा विभागले नश्ल सुधारका लागि ल्याइएका राँगामा भन्सार नलाग्ने भनेर कागज दिएको थियो । तर, कृषि आय कर बुझाउनु पर्ने भएकाले राँगा भन्सारमा रोकिएको हो ।

दुई सरकारी निकाय बिच कानुनी अड्चनका कारण समस्या देखिएको हो । नश्ल सुधारका लागि सरकारको आवश्यकता अनुसार ल्याइएका राँगामा कुनै कर नलाग्ने, तर भैँसी र भेडा जातिलाई ५ प्रतिशत आयकर तिर्नु पर्ने फरक फरक कानुनी प्रावधानका कारण समस्या आएको हो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार अग्रिम आयकर बापत तिर्नुपर्ने करिब ८० हजार रुपैयाँ बुझाएर राँगा लैजाने तयारी भएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय लहानसँग भएको राँगा खरिद शीर्षकको बजेटबाट राजस्व बुझाएर राँगा छुटाउने प्रक्रिया अघि बढेको पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बाँकेका प्रमुख डा. विनय कुमार कर्णले जानकारी दिए । राँगाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले अर्को बजेटबाट व्यवस्था गर्ने गरी तत्कालका लागि राजस्व बुझाउन लागिएको हो । भन्सारबाट राँगा छुटाउने विषय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय र बिहीबारको मन्त्रिपरिषद्को बैठकमा समेत पुगेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता खुला रूपमा उल्लङ्घन गरेको दाबी गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सचिव बिनोद कार्की, जिल्ला कार्यसमिति...

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचारसंहिता पालना गर्दै अघि बढेको रास्वपा रामेछापको स्पष्टोक्तिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला समितिले संघीय निर्वाचनको आचारसंहिता पालना गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेको जनाएको छ। खाँडादेवी गाउँपालिका–३ लाप्कामा स्थानीय खानेपानी समस्याबारे छलफल...

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

बाँदर भगाउने उम्मेद्वारलाई भोट प्रतिनिधि सभाको निर्वाचन नजिकिदैँ गर्दा रामेछाप र दोलखा किसानहरुले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका छन् । वर्षौंदेखि वन्यजन्तुको आतङ्क त्यसमा पनि सबैभन्दा बढी बाँदरको समस्या खेपिरहेका किसानहरुले ‘बाँदर...