मन्थलीका सचिब महत्तो निलम्बित

Written by meropradesh creator

११ मंसिर २०८०, सोमबार

रामेछाप । मन्थली नगरपालिका १२ मा कार्यरत वडा सचिब शिवकुमार महतो निलम्बित भएका छन् । मन्थली नगपालिका वडा नम्बर ३ कठजोरमा कार्यरत रहदा सचिब महत्तोले झुटो बिबरण पेश गरी सामाजिक सुरक्षा भत्ता खुवाएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेपछि तत्कालीन मन्थली–३ का सचिव निलम्बिनमा परेका हुन ।

सचिब महत्तोले श्रीमान जिबित रहदा रहदै मृत्यु दर्ता बनाई समेत श्रीमती निर्मला खत्रीलाई एकल भत्ता खुवाउदै आएको समाचार बाहिर आए संगै अख्तियारले मुद्दा दर्ता गरे पछी महतोलाई नगरपालिकाले निलम्बन गरेको छ ।

त्यसपछि आइतबार देखि लागू हुने गरी सचिव महत्तो निलम्बनमा परेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए । बुढाथोकीले भने ‘मुद्दा दर्ता भएपछि उहाँ स्वतः निलम्बित हुने व्यवस्था छ । नगरपालिकाले पत्र प्राप्त भएपछि आइतबार बाट लागुहुने गरी निलम्बन गरिएको छ’

सूचना अधिकारी बुढाथोकीका अनुसार सचिव महत्तोले निलम्बित भएको मितिदेखि मुद्दाको किनारा नलाग्दा सम्म तलब भत्ता पाउने छैन । यदि मुद्दा उनको पक्षमा आयो भने सो अवधिको समेत पाउने व्यवस्था रहेको महाशाखा प्रमुख बुढाथोकीले बताए ।

अख्तियारले जीवित व्यक्तिको नाममा झुटा विवरण तयार पारेर भत्ता खुवाएको ठहर गर्दै ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको उल्लेख गर्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

बाँदर भगाउने उम्मेद्वारलाई भोट प्रतिनिधि सभाको निर्वाचन नजिकिदैँ गर्दा रामेछाप र दोलखा किसानहरुले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका छन् । वर्षौंदेखि वन्यजन्तुको आतङ्क त्यसमा पनि सबैभन्दा बढी बाँदरको समस्या खेपिरहेका किसानहरुले ‘बाँदर...

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

सर्लाही । विगतका निर्वाचन परिणाम र मत तथ्याङ्कको विश्लेषण गर्दा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको आधार अझै पनि बलियो देखिएको छ । प्रत्यक्ष, समानुपातिक तथा स्थानीय तहको मतपरिणामले कांग्रेसलाई यहाँ अग्रस्थानमा देखाएको हो । २०७९ सालको प्रतिनिधिसभा...

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

रामेछाप । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार श्यामकुमार श्रेष्ठले जिल्लामा भएका पुल, सडक तथा शैक्षिक पूर्वाधार निर्माणका महत्वपूर्ण काम आफ्नो सक्रिय पहल र नेतृत्वमा सम्पन्न भएको दाबी गरेका छन् । पार्टी कार्यालय मन्थलीमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा...