खुर्कोटपुल २४ दिनपछि पुनः सञ्चालनमा आयो

६ कार्तिक २०८१, मंगलवार

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुल २४ दिन पछी पुनः सञ्चालनमा आएको छ । असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएको सो पुल नेपाली सेनाले १८ दिनमै बेलिब्रिज हालेर सञ्चालनमा ल्याएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बेलिब्रिजको मंगलबार पुनः उद्घाटन गरेका छन् । उद्घाटन पश्चात मङ्गलवार दिउँसोबाट खुर्काेट पुलबाट सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । पुलको उद्घाटनपछि रामेछापको मन्थली नगरपालिकाले आयोजना गरेको धन्यवाद कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले खुर्काेट पुलमा अस्थायी रूपमा बेलिब्रिज हालिएको बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले छिटो भन्दा छिटो स्थायी पुल निर्माणका लागि पनि नेपाल सरकारले आवश्यक छलफल अगाडी बढाउने बताउनु भएको छ । उहाँले भन्नुभयो “अहिले यहाँ अस्थायी रूपमा बेलिब्रिज बनेको छ । तर यहाँ स्थायी पुल निर्माण गर्न अत्यावश्यक छ ।

यो बेलिब्रिजको १५ टनको मात्रै भार वहन क्षमता रहेको छ । त्यो भन्दा बढी तौलका सामाग्री पनि वार पार गर्नुपर्ने हुन्छ । यही कुरालाई ध्यानमा राखेर स्थायी पुल निर्माण गर्ने विषयमा सरकारले आवश्यक छलफल अगाडी बढाउँछ ।” असोज १०, ११ र १२ गतको अविरल वर्षासँगैको बाढी पहिरोले देशभरका ८११ स्थानमा सडक क्षतविक्षद बनाएकाले सरकारले ती सडकहरुको क्रमशः निर्माण तथा मर्मत गरेर सञ्चालनमा ल्याइ रहेको बताउनु भयो । वर्तमान सरकार काम गर्नकै लागि निर्माण भएकाले यो सरकारले काम गर्दैन कि भन्नेमा कुनै पनि शङ्का उपशङ्काहरू नगर्न उहाँले आग्रह गर्नुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सबैको सक्रियतामा खुर्काेट पुलमा बेलिब्रिज हालेर बाढीले बगाएको २४ दिनमै सञ्चालन गर्न सफल भएको बताउनु भएको छ । उहाँले भन्नु भयो “यो पुलमा बेलिब्रिज जडानका लागि नेपाली सेनाको सक्रियता प्रशंसनीय रहेको छ । सबैका सक्रियतामा खुर्काेट पुलमा बेलिब्रिज निर्माण गरी सञ्चालन गरिएको छ । यसमा सबै भन्दा बढी सक्रियता नेपाली सेनको रह्यो । अब बेलिब्रिज अस्थायी भएकाले स्थायी पुल निर्माणमा लाग्नुपर्छ ।”
उहाँले सुनकोशीको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खैरेनी घाट पुलमा पनि तत्काल बेलिब्रिज जडान गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग माग गर्नु भयो । बाढीले सुनकोसी नदीको पुल रामेछाप तर्फ झन्डै ५१ मिटर बगेकोमा नेपाली सेनाले असोज १८ गतेबाट बेलिब्रिज जडानको काम सुरु गरेको थियो । खुर्काेट पुलमा जडान गरिएको बेलिब्रिजको १५ टन भार वहन क्षमता रहेको र यो पुलबाट एकै चोटि दोहोरो सवारी साधन सञ्चालन गर्न नमिल्ने नेपाली सेनाका प्रमुख सेनानी तथा पुल निर्माण टाक्स फोर्स कमान्डर नारायण सुब्बाले बताउनु भयो ।

पुलको उद्घाटन सँगै पुल जोडिएको भूभागमा पर्ने मन्थली नगरपालिकाले पुल निर्माणमा लागि पर्ने नेपाल सरकार  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धित सबै जन प्रतिनिधि लगायत सबै सरोकारवाला हरूलाई एक औपचारिक कार्यक्रमका बिच धन्यवाद दिएको थियो ।
 कार्यक्रमका सहभागी सबैलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले धन्यवाद दिनु भएको थियो । उहाँले पुल बगाएको छोटो समयमा सरकारले बेली ब्रिज निर्माण गरेको भन्दै त्यस अभियानमा अहोरात्र खट्ने नेपाली सेना र सक्रियताका साथ लागि पर्नु हुने जन प्रतिनिधि र सबै शुभ चिन्तकहरूलाई पनि धन्यवाद दिनु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री फेर्ने दाउमा रहेको छ । नेपाली काँग्रेस भने एक वर्ष अहिलेको मन्त्रीहरुलाई काम गर्न दिन पर्ने सोचमा रहेको छ । गएको असार १७ गते मध्यरातिको सहमतिपछि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले असार ३१ मा एकसाथ सत्ताको भ¥याङ...

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो साँझ बालुवाटारमा लामो छलफल भयो । दुई दलको शीर्ष नेताहरुको बैठकमा सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको दाबी गरे पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेन्डामा बैठक केन्द्रित थियो...

कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेस नेतृ टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती...