काँग्रेस महासमिति निर्वाचनः न्यौपानेको नेतृत्वमा सहमतिका लागी ५ सदस्य समिति गठन

Written by meropradesh creator

१० मंसिर २०८०, आईतवार

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापकोे शनिबार बिपी स्मृति भवन मन्थलीमा सम्पन्न भएको छ । बैठकले केन्द्रको परिपत्र अनुसार यहि मंसिर १७ गते सम्म सहमतीको प्रयास गर्ने र यदि सहमती नजुटेको अवस्थामा २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको दुई वर्ष अघि जिल्ला अधिबेशन सम्पन्न भएता पनी महासमिति सदस्य भने अधिबेशनमा चयन भएको थिएन । मंसिर १७ गते सम्म सहमती जुटाउन बैठकले नेपाली काँग्रेसका नि वर्तमान जिल्ला सभापती लबश्री न्यौपानेको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ । न्यौपानेको नेतृत्वमा काँग्रेस नेता कृष्ण महत, जिल्ला कार्यसमिति सदस्य चिना खड्का (कार्की) क्षेत्रीय सभापतिहरू निरोज खड्का (१) र राजेश कुमार श्रेष्ठ (२) सदस्य रहने गरी समिति गठन गरिएको पार्टी सचिव दिपक खड्काले जानकारी दिए ।

पार्टि सचिब खड्काले भने– सहमतीको लागी २० औं पार्टिको बैठकले ५ सदस्य समन्वय समिति गठन गरेका छौं । उहाँहरुले सबै महाधिबेशन प्रतिनिधिहरु संग बसेर छलफल गरेर सहमतीको प्रयास गर्नु हुन्छ । सहमती १७ गते सम्म जुट्नेमा हामीले विश्वास गरेका छौं । सकेसम्म निर्वाचन प्रक्रियमा जान नपर्ने गरी सहमतीको प्रयास हुन्छ । कुनै कारण सहमती नभएको अवस्थामा मंसिर २३ गते निर्बाचन प्रक्रिया मार्फत महासमितिको निर्वाचन हुन्छ । साथै लामो समय पछि बसेको पार्टीको बैठकले अन्य सांगाठानीक विषयमा गम्भीर छलफल गरेको समेत बताइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना...

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै...

अब नयाँ भवनमा आँखा केन्द्र

अब नयाँ भवनमा आँखा केन्द्र

मन्थली - रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रको अप्रेसन थिएटर सहितको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।‌ १० बर्षदेखि अस्थायी भवनबाट सेवा दिँदै आइरहेको केन्द्रको करिब डेढ करोड रुपैयाँमा साँढे दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भिजन...