कैलाली । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेस नेतृ टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार डगौराले उम्मेदवारी फिर्ता लिए संगै चौधरी निविरोध निर्वाचित भएकोे निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए । समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र चौधरी दुईजनाको उम्मेदवारी परेको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...