जिल्ला कृषि सहकारी संघ रामेछापको छैटौं साधारण सभा सम्पन्न

२५ कार्तिक २०८१, आईतवार

रामेछाप । जिल्ला कृषि सहकारी संघ रामेछापको छैटौं साधारण सभा सम्पन्न भएको छ । कृषि सहकारी संघको अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न छैठौँ साधारण सभामा संघका कोषाध्यक्ष भानुभक्त श्रेष्ठले जिल्ला कृषि सहकारी संघले विगत देखि गरेका कृषिजन्य कार्यको जानकारी सहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै गरी साधारण सभाले आर्थिक तथा संगठनिका प्रतिवेदनका साथै भावि कार्य योजना समेत पास गरेको संघका सचिव सुन्दर घिमिरेले जानकारी दिए
साधारण सभाको उद्घाटन गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको छ । नगर प्रमुख श्रेष्ठले देश विकासमा सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
श्रेष्ठले पछिल्लो समयमा देश विकास गर्ने जिम्मा सरकारको मात्रै हो भन्ने तरीकाले आम नागरिकले गुनासो गर्ने गरेको तर आफूले गर्नु पर्ने कर्तव्य र दायित्वहरू भुल्दै गएको प्रति चिन्ता ब्यक्त समेत गर्नु भयो । कृषि क्षेत्रमा काम गर्ने सहकारी, विभिन्न संघ संस्थाहरु, सरोकारवाला निकाय र सरकारको संयुक्त प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले अब सबै एक भएर लाग्नु पर्ने मा उहालको जोड थियो ।
उहाले कृषि सहकारी संघले मन्थली नगर क्षेत्रलाई मुख्य क्षेत्र बनाएर काम गर्ने योजना अगाडी सारेमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यस्तै गरी जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेम सागार थापाले जिल्लामा रहेका सबै कृषि सहकारी संस्थाहरूले कृषि क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको कृषि क्षेत्रलाई प्रभावकारी बनाउनको लागि जिल्ला समन्वय समितिले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले पछिल्लो समयमा देशका विभिन्न ठाउँका केही सहकारीको समस्याले गर्दा रामेछापका सहकारी संस्थाहरूले पनि विभिन्न आरोप खेप्नु परेको भनाई राख्दै त्यस्ता आरोपहरूलाई चिर्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।उहाँले जिल्लामा रहेका सहकारीहरूको यकिन तथ्यांकहरु नभएकाले त्यो तथ्याङ्कलाई यकिन गर्नको लागि सहकारीहरूका छाता संगठन र सरकारी निकायहरूले चाँडो काम गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका उपाध्यक्ष नवीन केसीले कृषि सहकारीहरूलाई राम्रोसँग परिचालन गर्न सके समृद्ध देश बन्ने धारणा राख्दै कृषि सहकारीहरूले आफ्नो उद्देश्य अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले कृषि क्षेत्रमा काम गर्ने भनेर स्थापना भएका कृषि सहकारीहरूलाई अन्य सहकारीसँग तुलना गर्न नमिल्ने धारणा राख्दै कृषि क्षेत्रलाई सुधार गर्नको लागि कृषि सहकारीले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले जिल्ला कृषि सहकारी संघसँग रामेछाप उद्योग वाणिज्य संघले समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउँदै कृषि सहकारी संघले पनि वाणिज्य संघसँग समेत समन्वय गरेर काम गर्न अनुरोध गर्नुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री फेर्ने दाउमा रहेको छ । नेपाली काँग्रेस भने एक वर्ष अहिलेको मन्त्रीहरुलाई काम गर्न दिन पर्ने सोचमा रहेको छ । गएको असार १७ गते मध्यरातिको सहमतिपछि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले असार ३१ मा एकसाथ सत्ताको भ¥याङ...

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो साँझ बालुवाटारमा लामो छलफल भयो । दुई दलको शीर्ष नेताहरुको बैठकमा सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको दाबी गरे पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेन्डामा बैठक केन्द्रित थियो...

कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेस नेतृ टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती...