गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना गर्न नहुने बताउनु भएको छ । नेपाली काँग्रेस बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब हुने निर्वाचनमा नेपाली काँग्रेसले कुनै राजनितिक दल संग गठबन्धन नगर्ने बताउनु भयो ।


अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बने पनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले यस्तो परिस्थितिको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो , ‘हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितिको निर्माण हामीले गर्नुपर्नेछ । हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरूसँग पनि छलफल चलाउनु पर्नेछ । ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन । यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौँ । अहिले एमालेसँग सरकारमा छौँ । एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एक अर्कासँग मारामार छ । हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन । भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन । तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको ।

प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिले काहीँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ । जति बलियो भए पनि, टिक्छ टिक्छ, हिजो बेलुका सम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ । त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन ।’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

रामेछाप, १९ माघ । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान आजदेखि खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खाबाट औपचारिक रूपमा शुरू भएको छ। आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै शुरू गरिएको घरदैलो अभियानमा उम्मेदवार...

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता खुला रूपमा उल्लङ्घन गरेको दाबी गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सचिव बिनोद कार्की, जिल्ला कार्यसमिति...

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचारसंहिता पालना गर्दै अघि बढेको रास्वपा रामेछापको स्पष्टोक्तिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला समितिले संघीय निर्वाचनको आचारसंहिता पालना गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेको जनाएको छ। खाँडादेवी गाउँपालिका–३ लाप्कामा स्थानीय खानेपानी समस्याबारे छलफल...