रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले जानकारी दिनु भयो ।
गाई बस्तुलाई घाँस पानी गरी घर फर्कने क्रममा भक्तबहादुर तामाङलाई एक्कासि भालुले आक्रमण गरेको वडा सदस्य आइतली तामाङले जानकारी दिनु भयो । वडा सदस्य तामाङका अनुसार घाइते तामाङ भालुले मै खायो हेरेर पनि आउँछु भनेर बिहान घर बाट निस्केका थिए । गाई बस्तुलाई घाँस पानी गरेर घर फर्कने क्रममा कुकुरहरू भागेर आएको देखे पछि किन कुकुर भाग्यो भनेर हेर्न जाँदा भालुले आक्रमण गरेको रहेछ । आक्रमण बाट अनुहार चिन्न नसक्ने भएको छ । बोल्न राम्रो बोल्नु हुन्छ तर पुरै शरीर भरी घाउ चोट भएको छ वडा सदस्य तामाङले भन्नु भयो । घाइते तामाङ दोरम्बा सैलुङ गाउँपालिकाका भए पनि घटना दोलखाको सैलुङ गाउँपालिकामा भएको हो ।