भ्रष्टाचार मुद्दाका पाँच जना फरार पक्राउ

Written by meropradesh creator

२० मंसिर २०८०, बुधबार

विराटनगर । भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–३ बस्ने ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका–४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन् ।

विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरू मध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार र ३४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना, टिकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६६७ रूपैयाँ जरिवाना फैसला भएको थियो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले गत साउनदेखि हालसम्म जम्मा २ सय १५ जना फरार प्रतिवादीहरू पक्राउ गरि उनीहरूबाट कूल ८५ वर्ष १० महिना १५ दिन कैद र ६८ करोड ६८ लाख २६ हजार ७३२ रुपैयाँ जरिवाना असुल गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

बाँदर भगाउने उम्मेद्वारलाई भोट प्रतिनिधि सभाको निर्वाचन नजिकिदैँ गर्दा रामेछाप र दोलखा किसानहरुले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका छन् । वर्षौंदेखि वन्यजन्तुको आतङ्क त्यसमा पनि सबैभन्दा बढी बाँदरको समस्या खेपिरहेका किसानहरुले ‘बाँदर...

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

सर्लाही । विगतका निर्वाचन परिणाम र मत तथ्याङ्कको विश्लेषण गर्दा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको आधार अझै पनि बलियो देखिएको छ । प्रत्यक्ष, समानुपातिक तथा स्थानीय तहको मतपरिणामले कांग्रेसलाई यहाँ अग्रस्थानमा देखाएको हो । २०७९ सालको प्रतिनिधिसभा...

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

रामेछाप । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार श्यामकुमार श्रेष्ठले जिल्लामा भएका पुल, सडक तथा शैक्षिक पूर्वाधार निर्माणका महत्वपूर्ण काम आफ्नो सक्रिय पहल र नेतृत्वमा सम्पन्न भएको दाबी गरेका छन् । पार्टी कार्यालय मन्थलीमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा...