बागमतीमा फेरि अविश्वास प्रस्ताव अन्योलमा, लामा पक्षको असहमतिपछि बैठक स्थगित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथिको छलफल फेरि अन्योलमा परेको छ। प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूको सनाखत प्रक्रिया अघि बढाउन बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक फेरि स्थगित गरिएको हो।

मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा प्रस्तावकर्ताहरूको हस्ताक्षर सनाखत गर्ने कार्यसूची तय गरिएको थियो। तर लामा पक्षधर सांसदहरू प्रदेश बाहिर रहेकाले प्रक्रिया अघि बढाउन नमिल्ने भन्दै ती पक्षले आपत्ति जनाएपछि बैठक तत्कालका लागि रोकिन पुगेको हो।

केन्द्रीय नेतृत्वको चापपछि साँझतिर छलफल अगाडि बढाउने प्रयास भए पनि स्पष्ट सहमति नजुटेपछि अन्ततः बैठक स्थगित गरिएको हो।

अब उक्त बैठक भोलि बिहान १० बजेका लागि सारिएको छ। नेपाली कांग्रेसभित्रै अविश्वास प्रस्तावमाथि एकमत नदेखिएपछि बागमतीको सत्ता समीकरण अझै अन्योलपूर्ण बन्दै गएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

रामेछाप, १९ माघ । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान आजदेखि खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खाबाट औपचारिक रूपमा शुरू भएको छ। आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै शुरू गरिएको घरदैलो अभियानमा उम्मेदवार...

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता खुला रूपमा उल्लङ्घन गरेको दाबी गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सचिव बिनोद कार्की, जिल्ला कार्यसमिति...

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचारसंहिता पालना गर्दै अघि बढेको रास्वपा रामेछापको स्पष्टोक्तिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला समितिले संघीय निर्वाचनको आचारसंहिता पालना गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेको जनाएको छ। खाँडादेवी गाउँपालिका–३ लाप्कामा स्थानीय खानेपानी समस्याबारे छलफल...