बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ ।

रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोगका लागि ‘भोटेकोशी प्रभावित क्षेत्र पुनर्स्थापना तथा पुनर्निर्माण व्यवस्थापन समन्वय समिति’ गठन गरिएको हो । नेपाली कांग्रेस नुवाकोटका सभापति तथा सांसद रमेशकुमार महतको सभापतित्वमा गठित समितिमा रसुवाका सांसद प्रभात तामाङ, धादिङका सांसद मधुकुमार श्रेष्ठ र चितवनकी सांसद बिनु रायमाझी पौडेल सदस्य रहेका छन् ।

समितिले सरकार, दातृ निकाय, संसदभित्रका राजनीतिक दल, सुरक्षा निकाय तथा प्रभावित नागरिकसँग समन्वय गरी उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा सहजीकरण गर्ने जनाएको छ । विपद्को समयमा राज्यका निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको आवश्यकता पहिचान गरी तत्कालीन तथा दीर्घकालीन योजना निर्माणमा समेत समितिले भूमिका खेल्ने बताइएको छ ।

समितिका सभापति महतले बाढीका कारण टनेलमा फसेका व्यक्तिको उद्धारमा सरकारी पक्षबाट ढिलाइ भएको भन्दै प्रभावकारी सूचना र समन्वय हुन नसक्दा मानवीय क्षति बढेको बताए । उनका अनुसार टनेल निर्माणका डेभलपरसँग तत्काल सम्पर्क गरी टनेलको अवस्थिति, संरचना र त्यसभित्र रहेका व्यक्तिको संख्यालगायतका जानकारी लिएर उद्धार अघि बढाउन सके थप मानवीय क्षति रोक्न सकिन्थ्यो ।

समितिले बाढी प्रभावित क्षेत्रका बालबालिका तथा नागरिकको गाँस, बास, कपाससँगै शिक्षा, स्वास्थ्य र सुरक्षित पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ। प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारले समन्वयात्मक रूपमा योजना बनाएर अघि बढ्नुपर्नेमा समितिले जोड दिएको छ।

बैठकले बाढी तथा विपद्को समयमा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय, स्थानीय नागरिक, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, स्वदेशी तथा विदेशी दातृ निकाय र सहयोगी राष्ट्रप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।

समितिको बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विशेष आतिथ्यता रहेको थियो । बैठकमा समितिले हालसम्म गरेका काम तथा प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कार्यबारे बानियाँलाई जानकारी गराइएको थियो ।

नेता बानियाँले विपद्को घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न कांग्रेसका तर्फबाट कुनै कमी हुन नदिने गरी उद्धार, राहत, समन्वय र पुनर्स्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशन दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...