अपाङ्ग अधिकारकर्मी कार्की सम्मानित

Written by meropradesh creator

१९ मंसिर २०८०, मंगलवार

रामेछाप । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मन्थली नगरपालिका ५ सुनारपानिकी अपाङ्ग अधिकारकर्मी निर्मला कार्की सम्मानित भएको छ । राष्ट्रिय अपाङ्ग कोषले ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मङ्सिर १७ गते कार्कीलाई सम्मान गरेको हो ।

काठमाडौँमा आयोजित औपचारिक कार्यक्रमका बिच सङ्घीय सहरी विकास मन्त्री सिता गुरुङले कार्कीलाई ज्योति केसी मेरुदण्ड पक्षघात महिला प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । लामो समयदेखि मेरुदण्ड पक्ष घातबाट पीडित निर्मला ह्विील चियर प्रयोग गरेर गाउँमै रहेर शिक्षण पेसामा पनि अब्बल भूमिका निर्वाह गर्दे आएको भन्दै राष्ट्रिय अपाङ्ग कोषले कार्कीलाई सम्मान गरेको कोषले जनाएको छ ।

सो अवसरमा कोषले निर्मला कार्की सहित अपाङ्गता भएका अन्य एक दर्जन अपाङ्गता भएका अरू व्यक्तिहरूलाई पनि सम्मान गरेको थियो । अपाङ्गता भएकै कारण केही पनि काम गर्न सकिँदैन र समाजको अगाडी मनोबल खुम्च्याएर बस्नु पर्छ भन्ने सामाजिक मान्यतालाई चिर्दे अपाङ्गता भएकाहरूका लागि प्रेरणाको श्रोत, आफ्नो गाउँ सुनारपानीको भैरवी माविमा असल शिक्षिका र गाउँमा असल छोरीको रूपमा स्थापित निर्मलालाई कोषले देशभरका अपाङ्गता भएकाहरू मध्येबाट प्रेरित र उदाहरणीय ठहर गरी राष्ट्रिय स्तरको सम्मानबाट सम्मान गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

बाँदर भगाउने उम्मेद्वारलाई भोट प्रतिनिधि सभाको निर्वाचन नजिकिदैँ गर्दा रामेछाप र दोलखा किसानहरुले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका छन् । वर्षौंदेखि वन्यजन्तुको आतङ्क त्यसमा पनि सबैभन्दा बढी बाँदरको समस्या खेपिरहेका किसानहरुले ‘बाँदर...

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

सर्लाही । विगतका निर्वाचन परिणाम र मत तथ्याङ्कको विश्लेषण गर्दा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको आधार अझै पनि बलियो देखिएको छ । प्रत्यक्ष, समानुपातिक तथा स्थानीय तहको मतपरिणामले कांग्रेसलाई यहाँ अग्रस्थानमा देखाएको हो । २०७९ सालको प्रतिनिधिसभा...

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

रामेछाप । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार श्यामकुमार श्रेष्ठले जिल्लामा भएका पुल, सडक तथा शैक्षिक पूर्वाधार निर्माणका महत्वपूर्ण काम आफ्नो सक्रिय पहल र नेतृत्वमा सम्पन्न भएको दाबी गरेका छन् । पार्टी कार्यालय मन्थलीमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा...