अपाङ्ग अधिकारकर्मी कार्की सम्मानित

Written by meropradesh creator

१९ मंसिर २०८०, मंगलवार

रामेछाप । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मन्थली नगरपालिका ५ सुनारपानिकी अपाङ्ग अधिकारकर्मी निर्मला कार्की सम्मानित भएको छ । राष्ट्रिय अपाङ्ग कोषले ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मङ्सिर १७ गते कार्कीलाई सम्मान गरेको हो ।

काठमाडौँमा आयोजित औपचारिक कार्यक्रमका बिच सङ्घीय सहरी विकास मन्त्री सिता गुरुङले कार्कीलाई ज्योति केसी मेरुदण्ड पक्षघात महिला प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । लामो समयदेखि मेरुदण्ड पक्ष घातबाट पीडित निर्मला ह्विील चियर प्रयोग गरेर गाउँमै रहेर शिक्षण पेसामा पनि अब्बल भूमिका निर्वाह गर्दे आएको भन्दै राष्ट्रिय अपाङ्ग कोषले कार्कीलाई सम्मान गरेको कोषले जनाएको छ ।

सो अवसरमा कोषले निर्मला कार्की सहित अपाङ्गता भएका अन्य एक दर्जन अपाङ्गता भएका अरू व्यक्तिहरूलाई पनि सम्मान गरेको थियो । अपाङ्गता भएकै कारण केही पनि काम गर्न सकिँदैन र समाजको अगाडी मनोबल खुम्च्याएर बस्नु पर्छ भन्ने सामाजिक मान्यतालाई चिर्दे अपाङ्गता भएकाहरूका लागि प्रेरणाको श्रोत, आफ्नो गाउँ सुनारपानीको भैरवी माविमा असल शिक्षिका र गाउँमा असल छोरीको रूपमा स्थापित निर्मलालाई कोषले देशभरका अपाङ्गता भएकाहरू मध्येबाट प्रेरित र उदाहरणीय ठहर गरी राष्ट्रिय स्तरको सम्मानबाट सम्मान गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना...

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै...

अब नयाँ भवनमा आँखा केन्द्र

अब नयाँ भवनमा आँखा केन्द्र

मन्थली - रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रको अप्रेसन थिएटर सहितको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।‌ १० बर्षदेखि अस्थायी भवनबाट सेवा दिँदै आइरहेको केन्द्रको करिब डेढ करोड रुपैयाँमा साँढे दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भिजन...