रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन प्रतिनिधिले मात्र उम्मेदवारी दिएका छन् । उनीहरू एक एक सदस्य पदमा एक एक जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लक्ष्मण प्रसाद घिमिरेले जानकारी दिएका छन् । निर्वाचन समितिका संयोजक घिमिरेले दुई पदमा एक एक जनाको मात्र उम्मेदवारी रहेको बताएका छन् । दुई पदमा एक एक जनाकाको मात्र उम्मेदवारी परेको कारण आदिवासी जनजाति महिला महासमिति सदस्य पदमा कुमारी हायु र दलित महासमिति सदस्यमा बलबहादुर दमाई भने निर्विरोध भएको भएपनी घोषणा भने भई नसकेको बताएका छन् ।
खुल्ला महासमिति सदस्य पद ५ जनामा १० जनाको उम्मेदवारी परेको छ । जसमा पार्टी सभापति पूर्ण बहादुर तामाङ( कान्छाराम), पूर्व पार्टी सभापति रामचन्द्र खड्का, बागमती प्रदेश सदस्य अर्जुन के सी, नेताहरू भरत चौलागाई, युवराज भट्टराई, धुर्बहरी ढुङ्गेल, झपडराज भण्डारी, वीर बहादुर तामाङ, रत्न बहादुर कार्की, गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै गरी खुल्ला २ महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा मिना कार्की, गङ्गा अधिकारी, विनीता खड्का, उषा कार्की र एन्जिला न्यौपानेको उम्मेदवारी परेको छ ।
त्यस्तै गरी खस आर्य पुरुष १ सदस्य पदका लागी दुई जनाको उम्मेदवारी परको छ । जसमा महेश कार्की र केशव चालीसेले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति पुरुष १ जना सदस्य पदका लागी पनि २ जनाको उम्मेदवारी परेको छ । जसमा जितेन्द्र मोक्तान र नरबहादुर थापा रहेका छन् ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध