इलाम । इलामको रोङ गाउँपालिका– ३ कोलबुङमा ना ६ ख ८४२४ नम्बरका बस दुर्घटना भएको छ । बस दुर्घटनामा हुदा बसमा सवार २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै एक बालकसहित दुई जनाको मृत्यु भएको हो । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना ६ ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका– ३ कोलबुङमा दुर्घटना भएको थियो ।
धनुषाको धनुषाधाम नगरपालिका ९ बाट कन्याम पुगेर फर्कंने क्रममा मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी धनुषाधाम नगरपालिका– ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...