आगलागीमा परी श्रीमान, श्रीमतीको मृत्यु

Written by meropradesh creator

२० बैशाख २०७८, सोमबार

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराती भएको आगलागीमा परी एकै घरका श्रीमान् र श्रीमतीको ज्यान गएको छ ।

गएराती करिव १२ वजे भएको आगलागीमा परी मनोहर कार्कीका बुबा वर्ष ७८ का धनवहादुर कार्की र आमा वर्ष ६८ की सिता कार्कीको आगोले जलेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार–ढुङ्गा माटोले बनेको दुुईतले घरमा राती अकस्मात आगलागी भएपछि छोरा वर्ष ३५ का मनोहर कार्की उनकी श्रीमती वर्ष ३२ कल्पना कार्की र ३ वर्षिय छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हामफालेर बाँच्न सफल भएको प्रहरी नायव उपरिक्षक ढुगानाले बताए ।


राती अकस्मात घरमा लागेको आगो निभाउन स्थानिय र वाम्ती प्रहरी चौकीवाट गएको प्रहरी टोलीले आगो निभाउन नसक्दा घर पूर्णरुपमा क्षती भएको छ । घरमा के कती क्षती भयो र आगलागी कसरी भयो भन्ने बिषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनापछि मृतक धनवहादुर र उनकी श्रीमती सिताको शव खनेर निकालीको छ । मृतकको शवको मुुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि दोलखाको जिरी वा सदरमुकाम मन्थली कता लाने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

स्थानियहरुले राती घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राती नै घटनास्थल पुुगेको थियो । घटनास्थल पुुगेको प्रहरी प्रवक्ताको टोलीले स्थलगत मुचुल्का उठाउने र शव पोष्टमार्टमको लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी ठग्ने गिरोह पक्राउ

जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी ठग्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उप त्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी...

नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने- आइस्पान

नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने- आइस्पान

काठमाण्डौं । नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने इन्टरनेट सेवाप्रदायक संस्था (आइस्पान) जनाएको छ । सेवाप्रदायकका अनुसार नेपालका इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले अपस्ट्रिम सेवाप्रदायकलाई भुक्तानी दिन नसक्दा इन्टरनेट सेवा ठप्प हुने अवस्था आएको बताएका छन् । हुन त एक...

वैदेशिक रोजगारको नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारको नाममा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका–२ घर भई ललितपुरको, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व...