रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
दम रोगले ग्रस्त बनाए पछि उपचारका छाउनी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार बिहान ६ः३० बजे मृत्यु भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । स्वर्गीय कार्की चनखु गाउँ पञ्चायतको २०३८ साल र २०४३ सालका अध्यक्ष समेत हुन् । उनका ४ छोरा र २ छोरी छन् भने २ श्रीमती रहेको छ । ४ भाइ छोरा मध्य एक भाइ छोराको मृत्यु भइसकेको छ ।