काठमाण्डौं । ४० वर्षमुनिका महिलालाई एक्लै विदेश जान रोक्ने अध्यागमन विभागले विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाएको छ । महिलाका लागि विदेश भ्रमणमा जान परिवारको र वडाको सिफारिस आवश्यक पर्ने गरी विभागले तयार पारेको कार्यविधि संशोधन प्रस्ताव गृह मन्त्रालय पुगेको छ ।
अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा सम्बन्धी व्यवस्थामा ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा यस्तो सहमति अनिवार्य चाहिने व्यवस्था गर्न लागिएको हो । उक्त व्यवस्थाबारे सामाजिक जीवनमा सक्रिय चालिस वर्षभन्दा कम उमेर समूहका महिलाहरू मिस नेपाल २०१८ श्रृंखला खतिवडा, नायिका स्वस्तिमा खड्का, गायिका समृद्धि राई, पत्रकार श्री पाण्डे, राजनीतिक अभियन्ता प्रकृति भट्टराई बस्नेत, नायिका सुरक्षा पन्त र लेखक दुर्गा कार्कीले कार्यविधि विरोध गरेको छ । उनिहरुले महिलाहरुको आधारभुत अधिकार समेत हनन्नहुने गरी ल्याउन लागेको कार्यविधिले महिलाहरुलाई अंकुश लगाउन खोजेको भन्दै बिरोध गरेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...