रामेछाप । नेपाली कांग्रेसका नेता एवं पुर्ब पार्टी सभापती धुर्बहरी ढुंगेलले पत्रकारीता गर्दा स्वतन्त्र भएर पत्रकारीता गर्न आग्रह गरेको छ । विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी नामक संस्थाले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा नव निर्बाचित पत्रकार महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता ढुंगेलले राजनीती देशको मेरुदण्ड भएकोले जो कोही पनी राजनीती भन्दा पर हुन नसक्ने भन्दै पत्रकारीता गर्ने बेला भने राजनिती भन्दा माथी उठेर स्वतन्त्र पत्रकारीता गर्न सबै पत्रकारहरुलाई आग्रह गरे । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, तामाकोशी अस्पतालका निर्देशक डा सुमन कर्माचार्य, नेपाली काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ,प्रमुख अतिथि ढुंगेल लगाएतले विपि कोइरालाको योगदानको चर्चा गर्दै विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले रचनात्मक कृयाकलापहरु गर्नुपर्ने कुरालाई जोड दिएका थिए । संस्थाकी अध्यक्ष मञ्जु पुर्वेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको नव निर्वाचित पत्रकारहरुलाई कदर–पत्र द्वारा सम्मान समेत गरीएको थियो ।