रामेछाप । सरकारले सवै सामाजिक सुरक्षा भत्ता बैक मार्फत उपलब्ध गराउने निर्णय गरे संगै रामेछापमा रहेका स्थानिय तह हरुले पनी बैक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न शुरु गरेको छ ।
जेष्ठ नागरीकले भने बैक मार्फत बितरण गर्दा आफुहरुलाई धेरै दुखः भएको भन्दै सरकारले सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने ल्याएको नारा वेकम्मा भएको वताएका छन् । रामेछापमा रहेको बिभिन्न स्थानियतहहरुले वडा अनुशार बैकहरुलाई सामाजीक सुरक्षा भक्ता बितरण गर्ने जिम्मा दिएको छ तर बैकंमा खाता समेत खोल्न जेष्ठ नागरीकलाई कठिन भएको अवस्था छ ।
मन्थली नगरपालकाले सामाजिक सुरक्षा भत्ताका लागि जिल्ला सदरमुकाम मा रहेका सबै वंैकहरुलाई भागबण्डा गरेर वडा वाडिदिएपछि खाता खोल्न र भत्ता लिन आउन आफुहरूलाई हैरानी भएको जेष्ठ नागरीकहरुले बताएका छन ।
जेष्ठ नागरीकहरुका अनुसार यस अघि वडा सचिव र वडा अध्यक्षले घर घरमै लगेर दिने गरको सामाजिक सुरक्षा भत्ता लिन जिल्ला सदरमुकाम आएर बैकमा दिनभर लाईन बस्दा पनि पालो नआउने भएपछि उनीहरू दिक्क भएका हुन् ।
बैकले पनि कैले के,कैले के मिलेन भनेर फकाईदिने गरेको भन्दै मन्थली नगरपालिका वडा नम्बर १३ फुलासीका ७८ बर्षिय जीत वहादुर चौहानले भने पहुँच हुनेको पालो छिटो आउने नहुनेको दिनभर कुर्दा पनि पालो नआउने गरेको भन्दै दुखः ब्यक्त गरे । त्यस्तै गरी सोही वडाका ६७ वर्षिया देवकी गिरीले भने सरकारले हामीलाई सहयोग गछु भनेर किन यसरी मर्ने बेलामा गोता दिएको हो थाहा छैन ।
पैसा आउछ भने पछी लोभ लाग्दो रहेछ तर अब घर कसरी पुग्ने थाहा छैन, पहिले घरमै पैसा पुग्थ्यो कति आनन्द थियो अहिलेत ज्यादै हैरानी भो पैसाका लागि दिनभर लाइन वस्नुपर्ने ? भन्दै उनिहरुले यो नितिको बिरोध गरे । साथै वैंकमा आफुहरुलाई सुरक्षा गार्ड र बैकका कर्मचारीहरुले पनी राम्रो ब्यवहार नगरेको जेष्ठ नागरिकहरुले आरोप लगाएका छन् । सरकारले वडा अध्यक्ष र सचिबको जिम्मेवारीमा बितरण गर्दा सामाजीक सुरक्षा भक्ताको दुरुपयोग भयो भनेर गुनासो बढ्न लागेपछी बैंक मार्फत बाढ्ने निति सरकारले ल्याएको भएपनी पहाडी जिल्लाहरुमा धेरै समस्या भएको कर्मचारीहरुले बताएका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...