रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै बिद्यालमा सरसफाइ गरेको छ । सरसफाइ कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावकले समेत काँग्रेसको अभियानलाई सहयोग गरेको छ । नेपाली काँग्रेसका जिल्ला प्रतिनिधि रत्नहरी ढुङ्गेल र प्रदेश प्रतिनिधि यम घिसिङको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रतिनिधि ढुङ्गेलले समुदायमा काँग्रेस कार्यक्रम अन्तर्गत पहिलो दिन आज विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरेको बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका युवा नेता ढुङ्गेलले विद्यालयमा विद्यार्थी देखी अभिभावक र शिक्षक समेत हुने हुँदा राजनीतिक अवस्था बुझ्नका साथै आगामी योजना बनाउन समेत सुझाव लिन सहज हुने भएकोले विद्यालयमा कार्यक्रम राखिएको बताए । विद्यार्थी, शिक्षक र अभिभावक समुदायको विज्ञ हुने हुँदा सो सुझाव महत्त्वपूर्ण हुने महाधिवेशन प्रतिनिधि ढुङ्गेलले बताए ।
ढुङ्गेलले भने“ हामी समुदायमा जान्छौँ घरघर जान्छौँ । समुदायको भावना र सुझाव बुझ्छौ । समाजको राजनीतिक सामाजिक अवस्था पहिचान गछौं । सो अनुसार जिल्लामा जानकारी गराउँछौँ । जिल्ला हुँदै केन्द्रमा छलफल हुने छ । त्यसपछि काँग्रेसको महासमितिमा छलफल हुने छ सो अनुसार काँग्रेसले आगामी राजनीतिक यात्रा र राजनीतिक रणनीति तयार गर्ने छ । यो महत्त्व पूर्ण कार्यक्रम रहेको छ । यस कार्यक्रममा सबै क्षेत्र र समुदायको सुझाव लिन जरुरी छ । यो काँग्रेसको महान् अभियान हो”नेता ढुङ्गेलले भने ।