नेपाली कांग्रेस दोलखाका सभापती बर्मा लामाले जिल्लामा सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएका छन् । बिहिबार नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापती लामाले पत्रकार सम्मेलन गरी राजनीतीक दल बिच भएको दुरी कम गरी बिकास निर्माणमा एक जुटहुन जिल्लामा सर्वदलीय संयन्त्र आवश्यक परेको बताएका हुन् । सभापती लामाले पत्रकार सम्मेलनमा बोल्दै दोलखा जिल्ला विकास निर्माणको क्षेत्रमा जलबिधुत पर्यटनको क्षेत्रमा कालिन्चोक, दोलखा भिमसेन लगाएत स्थान भएकोले सबै मिलेर बिमेलको अन्त्य गदै जिल्लाको बिकासमा एक जुट भएर लाग्नु पर्ने बताए ।
उनले भने राजनीतीक मुद्धा एकातिर राखेर बिकास निर्माणमा एक भएर लाग्न नेपाली कांग्रेस तयार रहेको बताउदै अरु राजनीतीक दललाई पनी सोहि अनुसार लाग्न आग्रह गरे । राजनितिक समझदारी भएकौ कारण जिल्लामा यस अघि ४ सय ५६ मेघावाट क्षेमताको माथिल्लो तामाकोशी जलबिधुत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सकिएको जानकारी दिदै सबै राजनीतिक दल एक ठाउमा उभिन सके जिल्लाको बिकाश निर्माणले गति लिनेर धेरै कठिनाई अन्त्य हुने बताए । सभापती लामाले आफ्नो कार्यकालमा राजनीतिक बिमेलको अन्त्य गर्दै संघिय सरकारलाई समेत खबरदारी गरेर जिल्ला बिकासमा आफु लागीपर्ने बताए ।