रामेछाप । लामो समयदेखी कोरोना महामारीको चपेटामा परेर बन्दाबन्दी जीवन बिताएका रामेछापका बैंक तथा बित्तिय संस्थाका पदाधिकारीहरुले एक आपसमा सम्वन्ध सुधारको लागि बनभोज कार्यक्रमको आयोजना गरेका छन् ।
बैंक तथा बित्तिय संस्थामा काम गरेर थकित भएका कर्मचारीहरुले बर्षेनी बनभोज कार्यक्रमको आयोजना गर्दै आएका थिए । यसवर्ष विश्वभरी फैलिएको कोरोना महामारीका कारण साथीभाईसँग रम्न नपाएका सदरमुकाम मन्थलीमा रहेका बैंक तथा वित्तिय संस्थाका पूरुष कर्मचारीहरुले बनभोज कार्यक्रमको आयोजना गरि सम्वन्ध सुधार गरेका हुन् ।
उनीहरुले एकवर्ष भरी गरेको दुःख एकदिन गरेको बनभोज कार्यक्रममा रम्दै बिर्सिएका छन् । बैंक र वित्तिय संस्थामा काम गर्दै आएका कर्मचारीहरुले बढी मात्रामा कामको बोझ हुने भएकाले पनि उनीहरुलाई आत्मीय माहोल बनोस् भन्ने हेतुले बनभोज कार्यक्रमको आयोजना गरिएको एनएलजी इन्सुरेन्स कम्पनि लिमिटेडका शाखा प्रमुख मोहन धमालाले जानकारी दिए ।
बनभोज कार्यक्रममा सदरमुकाम मन्थलीमा रहेको बैंक र बित्तिय संस्थाका गरि करिव ७० जनाको संख्यामा उपस्थिती रहेको थियो । हरेक वर्ष यसैगरी कार्यक्रमको आयोजना गर्दै जाने बोर्ड वए नेपाल प्रा.लि.का जिल्ला प्रतिनिधि बिपिन दाहालले जानकारी दिए । कार्यक्रम एनएलजी इन्सुरेन्स प्रा.लि. र बोर्ड वए नेपाल प्रा.लि.को सयुक्त आयोजनामा सम्पन्न भएको थिया