विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानलाई ६९ प्रहरी दिवसका अवसरमा रामेछापमा सम्मान

३० आश्विन २०८१, बुधबार

 रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवसका अवसरमा विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानहरूलाई सम्मान गरेको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरू प्रहरी निरीक्षक विश्व नाथ यादव सहित आधा दर्जन  कर्मचारीलाई पुरस्कृत गरिएको थियो । 

 त्यसैगरि दिवसका अवसरमा सञ्चालन गरिएको विभिन्न खेल विधामा उत्कृष्ट खेलाडी  प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएको थियो । त्यसै गरी कार्यक्रमका अवसरमा समाजको शान्ति सुरक्षा अमन चयन कायम र प्रहरीको सेवा प्रवाहमा उत्कृष्ट र सकारात्मक सहयोग गरेको भन्दै नेपाल पत्रकार महाँसंघ,रामेछाप उद्योग वाणिज्य सँघ,मन्थली अस्पताल,सामुदायिक प्रहरी,भुत पूर्व प्रहरी सङ्गठन र शान्तिद्धिप युवा कल्व लगायतका संस्था र एल्लो जिएस होटेलका सञ्चालक गणेश थपलियालाई सम्मान गरेको थियो 

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर  थापाको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिएको  थियो । 

जिल्लाका स्थानीय तहका प्रमुख उप प्रमुख वडा अध्यक्ष लगायतका जन प्रतिनिधि ,नेपाल पत्रकार महासङ्घ लगायत स्थानीय सञ्चार माध्यमका प्रतिनिधि र जिल्ला  स्थित नागरिक सँघ संस्था सरकारी कार्यालयका प्रमुख र भुत पूर्व प्रहरी सङ्गठन र अमर प्रहरी परिवार समेतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापाले नेपाल प्रहरीले शान्ति सुरक्षा अमन चयनमा खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । उहाँले सीमित   स्रोत र जनशक्तिका  बिच पनि प्रहरीले अनुकरणीय काम गरेको भन्दै त्यसका लागि सिङ्गो सङ्गठन र त्यसको नेतृत्वलाई धन्यवाद पनि दिनु भयो ।  सो अवसरमा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले प्रहरीको विश्वासमा राज्य र समाज टिकेको भन्दै प्रहरीका हरेक सदस्य हरुले संवेदनशील र ईमान्दार भएर काम गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो  । 

कार्यक्रमका अवसरमा रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्कीले मुस्कान सहितको सेवा प्रवाहमा लागेको प्रहरीले नागरिकसँगको सम्बन्धलाई थप समन्वय बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले नागरिकको शान्ति सुरक्षा अमन चयनको संस्थागत विकासका  लागि पनि  प्रहरीको भूमिका अहम् हुने भएकाले यसमा सबै क्षेत्रको सहयोग भने आवश्यक पर्नै धारणा पनि व्यक्त गर्नु भयो ।  

औपचारिक कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले प्रहरीले समाजको शान्ति सुरक्षा अमन चयन  र विपद्को समयमा खेलेको भूमिकाको प्रशंसा गर्दे उसले आफूलाई थप जिम्मेवार भएर समाजमा भूमिका निर्वाह गर्न पनि आग्रह गर्नु भयो । उहाँले प्रहरीको सफलतामा समाजका सबै क्षेत्रको भूमिका जोडिएकोले यसका लागि  सबै क्षेत्रलाई   सहयोग गर्न आग्रह गर्नु भयो । सो अवसरमा  वहाँले कानुन हातमा लिएर हिँड्ने छुट कसैलाई पनि नभएको भन्दै  नागरिकको सुरक्षा र मानव अधिकार संरक्षणको कुरामा कुनै सम्झौता नगरी काम गर्न पनि  प्रहरी सङ्गठनलाई निर्देशन दिनु भयो । 

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिँदै नेपाल पत्रकार महांसँघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले नागरिकको सुरक्षामा प्रहरीले खेलेको भूमिका उत्कृष्ट रहेको भन्दै यसका लागि प्रशासन,जन प्रतिनिधि र नागरिक समाजको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकोले सबै क्षेत्रलाई यो अभियानमा जिम्मेवार भएर लाग्न पनि आग्रह गर्नु हुँदै आफ्नो संस्था नेपाल पत्रकार महाँसघलाई पनि प्रशंसा पत्र प्रदान गरेकोमा नेपाल प्रहरी परिवारलाई धन्यवाद पनि दिनु  भएको थियो ।  सो अवसरमा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न सबैको समान भूमिका हुने भन्दै यसकालागि प्रहरीलाई समाजको सबै क्षेत्रको सहयोग आवश्यक पर्ने भन्दै प्रहरीले आफ्ना भूमिकालाई थप क्रियाशील र मजवुुद बनाउँदै अघि बढ्नु  पर्ने धारणा राख्नु भयो  । 

दिवसका अवसरमा प्रहरी निरीक्षक कौशल न्यौपानेले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरी महानिरीक्षकले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनुभएको  थियो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

नवराज विकरामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । गाउँपालिकाले सवारी साधन मर्मत तथा इन्धनमा मनलाग्दी ढंगले खर्च गरेको पाइएको छ ।पालिकाले आर्थि वर्ष २०७९।८० मा सवारी साधन मर्मत संभार शीर्षकमा ३० लाख १२ हजार रुपैयाँ बजेट...

राज्यमन्त्री तामाङ खुर्कोटमा बेलीबृज निर्माणमा आफै खटिए

राज्यमन्त्री तामाङ खुर्कोटमा बेलीबृज निर्माणमा आफै खटिए

रामेछाप । ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा बेलिबृज निर्माणमा आफै लागी परेका छन् । असोज १० गते देखी १२ गते सम्म परेको अविरल वर्षाले रामेछाप र सिन्धुली जिल्लाको सिमानामा रहेको खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।...