रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ रामेछापका वडा अध्यक्षले आफ्नो वडा भित्रका नागरिकहरुलाई पैदल हिड्न सहज होस् भन्ने हेतुले आफै बाटो खन्न लागेका छन् ।
रामेछाप नगरपालिका वडा नं–८ को वादीको दत्य डाँडाबाट श्री भुमेश्वरी प्राथमिक विद्यालयसम्मको गोरेटो वाटो निमार्ण गरिएको हो । वादी र लामागाउँका नागरिकहरु र विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई हिड्न समस्या भएको भन्दै स्थानियहरुले वडा अध्यक्षसँग गुनासो गरेपछि वडा अध्यक्ष केदार कार्की आफै कोदोलो बोकेर सडक खन्न निस्किएका हुन् ।
आफ्नो घरवस्तीसम्म जाने गोरेटो वाटो निमार्ण गर्न पालिका र वडावाट वजेट दिए हुन्थ्यो जस्तो गरेका स्थानियहरुलाई वडा अध्यक्ष कार्कीले आफै कोदोला बोकेर बाटो निमार्ण गर्न स्थानिय गाउँलेहरुलाई बोलाएपछि गाउँलेहरु पनि कोदोला बोकेर अध्यक्ष सँगै बाटो खनेका थिए । वडा अध्यक्ष कार्कीको नेतृत्वमा वडा सदस्य रुकुम हायु, जमुना हायु समेतको उपस्थिती रहेको थियो ।
आफ्नो घरटोलसम्म जाने गोरेटो बाटो हामी आफैले जनश्रमदान गरेर पनि बनाउन सक्छौं भन्ने अभिप्रायले गोरेटो बाटो निमार्ण गरिएको रामेछाप नगरपालिका वडा नं–८ का रामबहादुर हायूले जानकारी दिए । उनले भने– गाउँसम्म जाने बाटो निमार्ण गर्न नगरपालिका र वडा कार्यालयमा रकम माग्ने प्रविद्धी बढ्दो छ । यसलाई हामीले चिर्दै आफ्नो घरटोलसम्म जाने गोरेटो बाटो आफैले श्रमदान गरेर भए पनि निमार्ण गर्न सक्छौं, भन्दै हामिले यो अभियान चलाएको हौं ।