रामेछाप । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले अग्नी पिडितलाई आर्थीक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका –२ निवासी बिफाले शेर्पाको घरमा माघ २६ गते सोमबार आगोलागी भएको थियो । घरको अँगेनामा बालेको आँगो सल्कदै गई शेर्पाको घर पूर्णरुमा जलेको थियो भने सोही आँगोमा परि ८० वर्षिया उनका आमा पासाङलेकी शेर्पाको ज्यान गएको थियो । साथै घर आँगलागीमा परि ३ लाख नगद र अन्य घरायसी सामाग्री गरि करिव ५ लाख रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएको थियो । तरुण दल अध्यक्ष खड्काले घर निर्माणको लागी केहीमात्रामा भए पनी सहयोग पुगोस भन्ने अपेक्षा सहित ४० हजार नगद सहयोग गरेको छ । अध्यक्ष खड्काले पिडीत शेर्पालाई आर्थिक सहयोग गर्दै अफ्ठेरोमा परेको समयमा मात्र सानो सहयोग पनी ठुलो हुने भन्दै सबैलाई आफुले सकेको सहयोग गर्न आग्रह गरेका छन् ।