रामेछापमा वर्षको पहिलो दिन ४ दुर्घटना

रामेछाप । रामेछाप जिल्लामा वर्षको पहिलो दिन २०८१ साल वैशाख १ गते ४ वटा घटना घटेको छ । शनिवार १ गते खाँडादेवी मन्दिर दर्शन गरेर फर्कने क्रममा गाउँपालिकाको वडा नम्बर ३ मा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यस्तै गरी मन्थली नगरपालिका–१३ देविटारस्थित कमलराज गिरीको घरमा आगलागी भएको छ । आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै गरी गोकुलगङ्गा गाउँपालिका–२ टगमका एक महिला घरको बरन्डाबाट लडेर घाइते भएकी छन् । गोकुलगङ्गा गाउँपालिका–३ सुर्केका ५५ वर्षीय पदमबहादुर सुनुवारले आत्महत्या गरेका छन् । सुनुवारले आफ्नै घर नजिकै रहेको गोगनको रुखमा नाइलनको डोरीले घाँटीमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

१) खाँडादेवी दर्शन गरी फर्केको भ्यान दुर्घटना

रामेछाप जिल्लाको खाँडादेवी मन्दिर दर्शन गरेर फर्कने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ३ मा ई.भी.भ्यान दुर्घटना भएको छ । मन्दिर दर्शन गरी बनेपातर्फ जाँदै गरेको बा ४ ख २०६० नम्बरको ई.भि. भ्यान ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । दुर्घटनामा काभ्रे जिल्ला बनेपा नगरपालिका–१० बनेपाकी वर्ष ३७ कि सरिता दाहालको बायाँ हात भाँचिएको छ । सोही ठाउँका वर्ष ५६ का हरीशङ्कर दाहालको बायाँ हात भाँचिएको छ भने बिन्दा तिमल्सिनाको अगाडीको ३ वटा दाँत भाँचिनुका साथै अनुहारमा समेत चोट लागेको प्रहरीले जनाएको छ । सोही ठाउँका आर्सु थापाको कम्मरको बिच भाग नचल्ने भएको प्रहरीले जानकारी दिएको छ ।

सोही भ्यानमा सवार सरिता थापा, सुमित्रा थापा, समीर दाहाल, अनुसा के.सी. धुर्व खतिवडा र प्रगति पाण्डेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पताल काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको भ्यान सडकबाट करिब ५० मिटर तल गरेको थियो । दुर्घटना भए लगत्तै प्रहरी चौकी बेथान सित्खाबाट प्रहरी हवलदार नानीबाबु थापाको कमान्डको प्रहरी घटनास्थलमा पुगेको थियो । सवारी चालक ललितपुर जिल्ला गोदावरी नगरपालिका–१ गोदावरीका वर्ष ४३ का सागर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२) देवीटारमा आगलागी हुँदा ९ लाख क्षति

रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ देविटारस्थित कमलराज गिरीको घरमा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गिरीको इटाले बनेको जस्ताको छानो भएको ४ कोठा रहेको घरमा आगलागी हुँदा २ वटा कोठा पूर्णरुपमा क्षति भएको छ । 

उक्त घरमा दोलखा जिल्लाको मेलुङ गाउँपालिका–५ का लेबर काम गर्ने खड्कबहादुर श्रेष्ठ र रामबहादुर खड्का बस्दै आएका थिए । उनीहरूले खाना पकाउने क्रममा ग्याँसको पाइप छुट्टिएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आगलागी हुँदा घरको २ वटा कोठा पूर्णरुपमा क्षति भएको, काठ र जस्तापूर्ण रूपमा क्षति भएको, ५ वटा ढोका र ४ वटा झ्याल, ६ वटा खाट जलेको प्रहरीले जनाएको छ । त्यस्तै भाँडा वर्तन, अन्नपात, तेल १ कार्टुन गरी अन्दाजी ९ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागी भएको जनकारी आउन साथ प्रहरी टोली घटना स्थलतर्फ गएको थियो । आगो प्रहरीको सहयोगमा नियन्त्रण लिइएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३) घरको भरण्डाबाट लडेर महिला घाते   

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–२ टगमका एक महिला घरको बरन्डाबाट लडेर घाइते भएकी छन् । आफ्नै घरमा पालेको कुखुरा स्यालले लगेपछि स्याललाई लखेट्न भनी उठ्ने क्रममा एकतले घरको बरन्डाबाट लडी गोकुलगङ्गा–२ की ३६ वर्षीय सुनिता कार्की घाइते भएकी हुन् । बरन्डाबाट लडेकी कार्कीको टाउकोमा चोट लाग्नुका साथै नाकबाट रगत बगिरहेको अवस्था मध्यम जिरी अस्पताल दोलखा लगिएको थियो । दोलखामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

४) ५५ वर्षीय पुरुषद्वारा आत्महत्या

 रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–३ सुर्केका ५५ वर्षीय पदमबहादुर सुनुवारले आत्महत्या गरेका छन् । सुनुवारले आफ्नै घर नजिकै रहेको गोगनको रुखमा नाइलनको डोरीले घाँटीमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

सुनुवारले रुखमा झुन्डिएर आत्महत्या गरेको जानकारी पाए लगत्तै प्रहरी चौकी गोकुलगङ्गाबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटना स्थलको मुचुल्का गरी घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक दिनेश थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

काठमाण्डौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका सन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष तामाङ आइतबार प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जीव यादव जनाएको छ । प्रहरीका अनुसार, उच्च...

इलाम–२ मा १६ उम्मेदवारको जमानत नै जफत

इलाम–२ मा १६ उम्मेदवारको जमानत नै जफत

काठमाडौँ । इलाम–२ मा शनिबार भएको उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार मिलन लिम्बु सहित १६ जनाको जमानत नै जफत भएको छ । मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको हो । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने...

४० हजार मत गणना हुँदा एमाले पहिलो काँग्रेस दोस्रो स्थानमा अब को अवस्था के छ ।

४० हजार मत गणना हुँदा एमाले पहिलो काँग्रेस दोस्रो स्थानमा अब को अवस्था के छ ।

काठमाडौं । इलाम क्षेत्र न–२ मा ४० हजार मत गणना सम्पन्न भएको छ । ४० हजार मत गणना सकिदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार ९४४ मत ल्याउदै अग्र स्थानमा रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्का ११ हजार २७३ मत ल्याउदै दोस्रो स्थानमा रहेको छ । एमाले...