रामेछापका पर्यटकीय क्षेत्रको विकासका लगी प्रतिबद्ध छु: मन्त्री ठकुरी

रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछाप जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लगी आफू प्रतिबद्ध रहेको बताउनु भयो । शनिवार रामेछाप सदरमुकाम मन्थलीमा गन्तव्य टुँडे राष्ट्रिय दैनिक पत्रिकाको ८ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले रामेछापको पर्यटन विकास लागी आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

रामेछाप जिल्लाका धेरै स्थानहरूले पर्यटनको सम्भावना बोकेको हुँदा ती स्थानहरूको विकासमा आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार स्थिर रहने र यसले राम्रो काम गर्ने आम जनतामा आशा जगाएको बताउनु भयो ।

उहाँले भन्नु भयो“नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकार लामो समय जान्छ भन्ने आम नागरिकले विश्वास लिएका छन् । यो सरकारले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास गर्न सक्छ भन्ने आम जनतामा आशा पलाएको छ । अहिले प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रीहरूको आगामी दुई वटा बजेट निर्माण तथा कार्यान्वयन गरी जनताको चाहना अनुसारको काम गर्ने चाहना छ ।”

प्रदेशभर पर्यटकीय विकासका सम्भावनाहरूको खोजी गरी त्यसको विकासका निमित्त प्रदेश सरकारले काम गर्ने उहाँले बताउनु भयो । रामेछाप जिल्लामा रहेका पर्यटकीय विकासको सम्भावना बोकेका धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरूको पहिचान गरी पूर्वाधार विकासका लागि प्रदेश सरकारले काम गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो “रामेछाप जिल्ला पर्यटकीय विकासका लागि प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ सम्भावना बोकेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू धेरै छन् । तिनीहरूको पहिचान गरी आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले सकेको सहयोग गर्छ ।”

चालु आर्थिक वर्षको बजेट यस अघिकै सरकारले ल्याएका कारण यो वर्ष रामेछापका नागरिकको माग अनुसारको बजेट पठाउन नसकिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो“ चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि यसअघिकै सरकारले बजेट ल्याइसकेको परिस्थिति छ । त्यसैले अहिले मन्त्रीहरूले बजेट विनियोजन गर्न सक्ने अवस्था छैन । अब फेरी यो दसैँ पछाडि पूरक बजेट आउन सक्ने अवस्था छ । त्यस्तो भयो भने केही भने पनि सम्बोधन गर्न सकिन्छ ।” हिजो विनियोजन भइसकेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वर्तमान मन्त्रीहरूको जिम्मेवारी रहेको उहाँले बताउनु भयो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...