राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ : मन्त्री काफ्ले

काठमाडौँ- बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्। १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री काफ्लेले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको लोकतन्त्रको संस्थागत विकासका कांग्रेसले नै बढी योगदान गर्नुपर्ने समेत उल्लेख गरे।

कांग्रेस संस्थापकसमेत रहेका बीपीको मूल सिद्धान्त नै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गर्दै मन्त्री काफ्लेले लोकतन्त्र बलियो बनाउन सके मात्रै जनतामा खुसीको सञ्चार हुने बताए। मुलुकको आर्थिक उन्नतिका पनि लोकतन्त्र अपरिहार्य रहेको उनको भनाइ छ। राज्यले नागरिकका समस्यालाई सहानुभूति दिन नसकिरहेकाले अब कांग्रेसले नागरिकका समस्यामा केन्द्रित भएर राजनीति गर्नुपर्ने काफ्लेले उल्लेख गरे। ‘नागरिकका थुप्रै समस्या छन्। गुनासाहरू पनि छन्। अझै पनि राज्यले नागरिकको पीरमर्का महसुस गर्न सकेको छैन,’ मन्त्री काफ्लेले भने, ‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ। नागरिकका मुद्दालाई सम्बोधन गर्नु नै लोकतन्त्रको असली मर्म हो।’   शिक्षा, स्वास्थ्य, र रोजगारीका विषयमा राज्यले गर्न सक्ने काम पनि हाल भइनरहेको उल्लेख गर्दै मन्त्री काफ्लेले अब कांग्रेसको राजनीतिक मुलुक र जनताको आर्थिक उन्नतिका विषयमा केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे ।

कांग्रेसमा पनि कतिपय मुद्दामा अझसम्म पनि समस्या रहेको बताएका केन्द्रीय सदस्य काफ्लेले समस्या मात्र नभएर कांग्रेससँग समाधानका उपायसमेत भएको उल्लेख गरे। नयाँ राजनीतिक दलहरूलतर्फ संकेत गर्दै मन्त्री काफ्लेले समस्यैसमस्या मात्र भएको प्रचार गरिरहेको उल्लेख गरे। कतिपय दलले समस्या समाधानको कुनै काम नगर्ने भन्दै उनले कांग्रेस जिम्मेवार पनि भएकाले नयाँ दलभन्दा फरक भएको उल्लेख गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...